मामा घर अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालनमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • बालबालिकाहरुको भविष्यका लागि सहयोग गर्नुहुन सबैमा अनुरोध काठमाडौं ।
  • कीर्तिपुर भत्केपाटीमा संचालित माया घर अनाथ बाल आश्रमको संरक्षण, सवर्धन र यस आश्रममा आश्रित बालबालिकाहरुको शिक्षा, दिक्षा पालन पोषणको लागि श्रीमद भागवद महाँपुराण तथा धन धान्यनन्चल ज्ञानमहाँयज्ञ शुभारम्भ भएको छ ।
  • यो धन धान्यनन्चल ज्ञानमहाँयज्ञ चैत ११ गते देखि १९ गते सम्म संचालनमा रहने छ ।


बालबालिकाहरुको भविष्यका लागि सहयोग गर्नुहुन सबैमा अनुरोध

काठमाडौं । कीर्तिपुर भत्केपाटीमा संचालित माया घर अनाथ बाल आश्रमको संरक्षण, सवर्धन र यस आश्रममा आश्रित बालबालिकाहरुको शिक्षा, दिक्षा पालन पोषणको लागि श्रीमद भागवद महाँपुराण तथा धन धान्यनन्चल ज्ञानमहाँयज्ञ शुभारम्भ भएको छ । यो धन धान्यनन्चल ज्ञानमहाँयज्ञ चैत ११ गते देखि १९ गते सम्म संचालनमा रहने छ ।

वास्तवीक धर्म नै मानविय सेवा हो र यी सधै एक अर्काका परिपुरक हुन । धर्मले पनि सेवालाईनै महत्व दिन्छ भने सेवाले मानवियतालाई महत्व दिन्छ । २०६७ सालमा स्थापना भएको सो अनाथ बाल आश्रममा अहिले २५ बालबाललिकाहरुले आश्रय लिइरहेका छन । आश्रमका बस्दै आएका बालबालिकाको समुज्वल भविष्य सुनिश्चित गर्नका लागि यहिँ चैत ११ गते देखि १९ गते सम्म धन धान्यनन्चल ज्ञानमहाँयज्ञ संचालनमा छ । अबोध बालबालिकाहरुको मानविय सेवाको सयोगार्थ यो सत्कर्ममा उनिहरूको अभिवावक हामि सबै हौ दिलखोलेर सहयोग र सार्थक धर्म गर्नुहुन सबै मानवजगतमा अनुनय गर्नुहुन्छ माया घर (अनाथ बाल आश्रम) संरक्षक ज्यो. प. डा. रुद्रनाथ अधिकारी ।

आश्रमको आफ्नै भौतिक संरचना, आवास गृह तथा कुनै स्थायी आयस्रोत र कोष नभएको र आर्थीक अभाव र कठिनाई परेको हुदा यो यज्ञको आयोजना गर्नुपरेको माया घर अनाथ बाल आश्रम संचालन कि अध्यक्ष दुर्गा पौडेल आचार्यले बताउनु भयो । यति चैत्र ११ गते देखि १९ गते सम्म सञ्चालन हुने सो महाँयज्ञको मुख्य लक्ष्य भनेको भवन निमार्ण तथा बालगृहको नाममा अक्षयकोषको स्थापना गर्नु रहेको उहाँले जानकारी दिनु भयो ।

यस पवित्र संकल्पको पूर्णताका लागि सम्पुर्ण दानविर महानुभावहरुलाई धन धान्यनन्चल ज्ञानमहाँयज्ञमा सहभागी भई कथा र पाठ श्रमण गरि आफ्नो इच्छा अनुसारको सहयोग गरिदिनुहुन मुल आयोजक समितिले अनुरोध गरेको छ ।

संस्थाले एचआइभिलागेका आमा बाबुबाट जन्मिएका बालबालिका,दुर्घटना आमा बुबा गुमाएर अनाथ बनेका बालबालिका लगाएत अन्य अनाथहरुलाई संरक्षण दिँदै आएको छ भने सबैलाई बोर्डिङ स्कुलमा पढाइरहेको छ । संस्थाले सबैलाई १२ कक्षा सम्म अध्यनको ब्यवस्था गरिरहेको संस्थाका संरक्षक ज्योतिष रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

यहि सोमवार ११ बजे उद्घाटन भएको उतm महायज्ञमा एनआरएनका प्रतिनिधि, सामाजिक प्रतिठिष्त दिग्गद व्यक्तीहरु, जनप्रतिनिधिहरु र सरकारी निकायका उच्चपदस्थ व्यक्तीहरु लगायत महानायक राजेश हमाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

महायज्ञ मायाघर रारा हिलबाट करिव सय मिटर माथी भत्केपाटी किर्तिपुरमा सञ्चालन यहिँ १९ गते सम्म संचालन हुँदै छ । सो महायज्ञमा युवा बाचक ठाकुर प्रसाद सुवेदीले बाचन गर्ने छन । यस्ता शुभकामको लागी गरिने महाँयज्ञमा देश तथा विदेशमा रहेका सहयोग मन एका नेपालीहरुले सक्दो सहयोग गर्नहुनेछ भन्ने आशावादी हुदै सबैमा अनुरोध गर्दछौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
पुस २२ गते बुधवारको राशिफल यस्तो छ
पुस २२ गते बुधवारको राशिफल यस्तो छ
मनाङमा सडकको ट्र्याक खोलिदै
मनाङमा सडकको ट्र्याक खोलिदै
प्रचण्ड निवास लाजिम्पाटमा दोस्रो बिबाह, कसको ?
प्रचण्ड निवास लाजिम्पाटमा दोस्रो बिबाह, कसको ?
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
भारतीय जलसेनाका टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
सुर्खेतमा जन्मिए पेटछाती जोडिएका जुम्ल्याहा बालिका
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
नेकपाको सरकार नभएको भए देश संकटमा पर्ने : प्रधानमन्त्री ओली
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

तपाईंले छुटाउनुभयो कि?