बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बिपी राजमार्ग १५ दिनभित्रै पुर्ण सञ्चालनमा

सारांश

  • धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ ।
  • गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बिपी राजमार्ग आयोजनाले जानकारी दिएको छ ।
  • भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले बताए ।

धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ । गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बिपी राजमार्ग आयोजनाले जानकारी दिएको छ ।

भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले बताए । ‘अब भित्तामा पर्खाल निर्माण गर्ने र सडक कालोपत्रे गर्ने काम मात्र बाँकी छ,’ उनले भने ।

हाल पहिरो गएको स्थानमा वैकल्पिक मार्ग प्रयोग गरी सवारी आवतजावत भइरहेको छ । नियमित सडक अवरुद्ध भएपछि पूर्वी तराई तथा मध्यपहाडी जिल्ला आवतजावत गर्न असहज रहेको छ । यस राजमार्ग हुँदै दैनिक ५ हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

गत चैतमा आयोजनाले असारअघि नै निर्माण सम्पन्न गर्ने गरी सडक सञ्चालनमा ल्याउने जानकारी दिएको थियो । ‘तर, काम गर्दै जाँदा १५ दिन ढिला भएको छ,’ निमित्त प्रमुख महर्जनले भने । आयोजनाले गत चैतभित्र नै भत्किएको ठाउँको सडक मर्मत तथा निर्माण गर्न निर्माण व्यवसायी छनोट गरी वैशाखदेखि निर्माण थालेको थियो । सामान्यता ३५ दिनको अवधि राखेर बोलपत्र आह्वान गर्नुपर्ने भए पनि छोटो बाटो अपनाएर आयोजनाले १५ दिनभित्र निर्माण सम्पन्न गर्न व्यवसायी छनोट गरेको थियो । ‘वर्षा सुरु हुनुअघि नै काम सम्पन्न नभएमा झन् समस्या बढ्न सक्ने भएकाले निर्माणलाई तीव्र गति दिइएको निमित्त आयोजना प्रमुख महर्जनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट
यसरी हुँदैछ कांग्रेस एमालेबीच मन्त्रालय बाँडफाँट
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज बृहद पूर्ण इजलासमा सुनुवाई गर्दै..
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ
‘हाउडेमाया’को तीज गीत सुन्ने होइन ?
‘हाउडेमाया’को तीज गीत सुन्ने होइन ?
माओवादीले सरकार छाड्नुपर्छ : गगन थापा
माओवादीले सरकार छाड्नुपर्छ : गगन थापा
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
चाबहिल- साँखु सडकखण्डमा यात्रुलाई सास्ती
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
रुपन्देही–३ बाट एमाले नेता घनश्याम भुसाल विजयी
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय
स्वदेशी कृषि उत्पादनको बजार सुनिश्चित गर्न सरकारको यस्तो निर्णय
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
आजबाट यमपञ्चक सुरु, आज धनतेरस

तपाईंले छुटाउनुभयो कि?