अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
२७ पटक हेरिएको
Shares
अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर लाखौँ ठगी

सारांश

  • काठमाडौं ।
  • बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

काठमाडौं । बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लागएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई बेलायतकोे नागरिक बताएको र नेपाल आएपश्चात् विवाह गरी बेलायत लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहना र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिएकाले कुरियरबाट सम्पर्क आउने भनी ठगी गरेको प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

त्यसका लागि उनले कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलापश्चात् कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लउन्ड्रिङ, डेलिभरी चार्ज, भन्सार शुःल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उक्त रकम पठाउन लगाइ ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
रुसमाथि प्रतिबन्ध लगाउने प्रस्ताव अमेरिकी संसदमा भारी मतले पारित
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी
विश्वव्यापी पानी सङ्कट : वर्षात्को पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजी
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
तीन वर्षले कान्छा ह्यारी मोडलसँग यसरी बाँधिँदै
पोखरामा बर्ड फ्लु भेटियो : मासुको भाउ ओरालो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
हराभरा हुँदै ‘महेन्द्र पार्क’
हराभरा हुँदै ‘महेन्द्र पार्क’
इतिहास कोर्ने हातहरु चित्रमा
इतिहास कोर्ने हातहरु चित्रमा

तपाईंले छुटाउनुभयो कि?