अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली

सारांश

  • काठमाडौं, ५ भदौ ।
  • सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको काम सदस्य सचिवको हैसियतमा नगर्न आदेश दिए पनि विष्णुप्रसाद ढकालले अदालतको आदेशको उल्लंघन गरेर काम गरेको खुलासा भएको छ ।
  • कोषको समिक्षा बैठकमा ढकाल उपस्थित भएर कार्ययोजना पेश गर्नेदेखि दैनिक कार्यसञ्चालन गर्दै आएको खुलासा भएको हो ।

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतले लुम्बिनी विकास कोषको काम सदस्य सचिवको हैसियतमा नगर्न आदेश दिए पनि विष्णुप्रसाद ढकालले अदालतको आदेशको उल्लंघन गरेर काम गरेको खुलासा भएको छ । कोषको समिक्षा बैठकमा ढकाल उपस्थित भएर कार्ययोजना पेश गर्नेदेखि दैनिक कार्यसञ्चालन गर्दै आएको खुलासा भएको हो । ढकालले कोषको काठमाडौंको बबरमहलस्थित सम्पर्क कार्यालयमा दिनभरि बसेर खटन पटन गर्दै आएको स्रोतले जनाएको छ ।

ढकालले आर्थिक कारोबारहरूमा पनि सिधै चासो दिने गरेका छन् । उनले कोष अन्तर्गतका ठेक्कापट्टा र खरिद हुने सामान लगायतका अनुमति कांग्रेस निकटका व्यवसायीहरूलाई दिने गरेर सदस्य सचिवको हैसियतमा दवाव दिएको खुलासा भएको छ । ढकालको नियुक्ति प्रक्रिया ऐन कानून विपरित रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले दुई हप्ता अगाडि ढकाललाई कुनै पनि काम नगर्नु/नगराउनु भनेर सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको आदेशको बेवास्ता गर्दै ढकालले कोषको ९८५७०१००१० नम्बरको मोबाइल र सुविधाको गाडी प्रयोग गर्दै आएको स्रोतले जनाएको छ । केही दिन अगाडि भएको वार्षिक समिक्षा कार्यक्रममा ढकालले अदालतको आदेशको अवहेलना गर्दै बैठकमा सहभागी भएका थिए ।नेपाली कांग्रेस निकटका मानिने ढकाललाई पाल्पा जिल्लाको सिडियोबाट सिधै कोषको सदस्य सचिवमा नियुक्ति गरिएको थियो । त्यसपछि पूर्वएमाले निकटका कानून व्यवसायी र नेताहरूले सर्वोच्चमा रिट हालेर ढकालविरुद्ध अन्तरिम आदेश जारी गराएका थिए ।

सर्वोच्चको आदेश विपरित ढकालले सदस्य सचिवको हैसियतमा कोषको काम गरिरहेको प्रमाण फेला परेपछि रिट निवेदकहरूले ढकालविरुद्ध फेरि अबहेलनाको मुद्धा दर्ताको तयारी गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Bahadur

    kasto murkh ho tw kasae lai ni na terne

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश
धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो
धादिङका सबै स्थानीय तहको मतगणना जारी, माओवादीले खाता खोल्यो
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य
दुनियाँलाई नै चकित बनाएको साना मानिसको त्यो राज्य
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
रौतहटमा भएको आमसभामा यस्तो देखियो … फोटोफिचर
रौतहटमा भएको आमसभामा यस्तो देखियो … फोटोफिचर
एमाले माओवादी एकतामा संशय- ‘यसै भन्न नसकिने’
संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
आर्य फर्माका ५ विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर…
आर्य फर्माका ५ विरुद्ध लागू औषध कारोबारको मुद्दा दायर…
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा कोरोना संक्रमण : २४ घण्टामा १० हजारभन्दा बढी संक्रमित थपिए
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा
चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

तपाईंले छुटाउनुभयो कि?