एमाले माओवादी एकतामा संशय- ‘यसै भन्न नसकिने’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • एमाले र माओवादी केन्द्रले एकता घोषणा गरेको सातमहिने शृंखला चलिरहँदा एकताको अन्तिम निर्णय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक संवादमा अड्किएको छ ।
  • कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन ९ वैशाखमा गर्ने भनिएको एकताको अन्तिम घोषणा दुवै अध्यक्षको पछिल्ला नियमित संवाद शृंखलामै अड्किएको हो ।
  • चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सोमबार सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ ।

एमाले र माओवादी केन्द्रले एकता घोषणा गरेको सातमहिने शृंखला चलिरहँदा एकताको अन्तिम निर्णय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक संवादमा अड्किएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन ९ वैशाखमा गर्ने भनिएको एकताको अन्तिम घोषणा दुवै अध्यक्षको पछिल्ला नियमित संवाद शृंखलामै अड्किएको हो ।

चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सोमबार सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ । यद्यपि, संशयकै बीचमा एकता बढेकाले अप्रत्याशित एकताको अन्तिम निर्णय हुने दुवै पार्टीका नेताको दाबी छ ।

गठबन्धन र एकताको परिणाम–संघीय र प्रदेशमा गठबन्धनको दुईतिहाइ सिट उपस्थिति छ । आर्थिक समृद्धिको नारासहित गत ३ फागुनमा गठित एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अढाई महिना पूरा गरेको छ । नीति तथा कार्यक्रम र बजेटको तयारीमा सरकार रहे पनि एकता संवादबाट परिणाम नदेखिँदा संशय बढेको हो ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एकीकृत पार्टीमा संख्या मिलाउने अन्तिम छलफलमा छन् । एकता महाधिवेशनसम्म सैद्धान्तिक–वैचारिक पक्षमा सहमति भए पनि समानता, न्यायोचित र सम्मानजक एकता हुने भन्दै दुवै नेताले संख्यात्मक हिस्सेदारीमा छलफल केन्द्रित गरेका छन् । तर, महाधिवेशनपछिको नेतृत्व र एकीकृत पार्टीको संख्यात्मक हिस्सेदारीमै कुरा नमिल्दा एकतामा ढिलाइ भइरहेको छ ।

‘एकता नहुने स्थिति त छैन, तर एकतापछि माओवादी फुटेर जाला कि भन्ने एमालेको डर र विलय नै भइने हो कि भन्ने माओवादीको डरले ढिलाइ भइरहेको हो,’ वाम विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘दुवैमा डर हट्नेबित्तिकै एकता हुन्छ, तर ढिलाइ भए पनि दिगो एकताको उपाय खोजी गर्नु उपयुक्त हुन्छ ।’

२० वैशाखमा अर्को संवाद
९ वैशाखयता पाँचपटक संवाद गरेका प्रधानमन्त्री ओली र प्रचण्डले २० गते अर्को निर्णायक छलफल गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको संख्यासहित सबै विषय टुंगिएकाले २० गतेको छलफलले एकतामा छिटो र ढिलाइको तस्बिर आउने एक नेताको दाबी छ । ‘त्यस दिनको संवादपछि एकता संयोजन समितिको बैठकबाट एकता मितिका विषयमा आश्चर्यजनक निर्णय पनि हुन सक्छ, कुरा धेरै सकारात्मक छ’, ती नेताले भने, ‘तर कुनै परिणाम आएन भने कहिले होला, यसै भन्न सकिन्न।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सस्तो डिलद्वारा नेपालकै ठूलो अनलाइन सपिङ मेला ’बिग डिल एट सस्तोडिल’ घोषणा
सस्तो डिलद्वारा नेपालकै ठूलो अनलाइन सपिङ मेला ’बिग डिल एट सस्तोडिल’ घोषणा
टुँडीमा ताल निर्माण शुरु
टुँडीमा ताल निर्माण शुरु
पपुवा न्यूगिनीलाई हराउँदा करण केसीको बन्यो कीर्तिमान
पपुवा न्यूगिनीलाई हराउँदा करण केसीको बन्यो कीर्तिमान
महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
साफ च्याम्पियनसिपः पहिलाे खेलमा नेपाल पराजित, पाकिस्तान २-१ गाेलले विजयी !
साफ च्याम्पियनसिपः पहिलाे खेलमा नेपाल पराजित, पाकिस्तान २-१ गाेलले विजयी !
खस आर्य विरोधी देखियो इयु, चौतर्फी आलोचना
नग्न बनाई भाइसँग चूम्बन गर्न बाध्य पार्ने २ जना पक्राउ
नग्न बनाई भाइसँग चूम्बन गर्न बाध्य पार्ने २ जना पक्राउ
सुन प्रकरण : बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
सुन प्रकरण : बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल

तपाईंले छुटाउनुभयो कि?