संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
सारांश
- काठमाडौँ ।
- प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक पुस २५ गते बस्दै छ ।
- त्यसअघि आज दिउँसो १ः०० बजे सर्वदलीय बैठक डाकिएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक पुस २५ गते बस्दै छ । त्यसअघि आज दिउँसो १ः०० बजे सर्वदलीय बैठक डाकिएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति समेशर जबराले सदनको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो ।
बैठकमा दलका सचेतक र संसदीय दलबाट प्रतिनिधि र स्वतन्त्र सांसदलाई बोलाइएको छ। बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया