५ एकिकृत बस्ती निर्माण हुँदै !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
५ एकिकृत बस्ती निर्माण हुँदै !

सारांश

  • काठमाडौँ, ६ भदौ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाका पाँच एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।
  • प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बु्धबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौँ, ६ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाका पाँच एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बु्धबार बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत बस्तीमा पूर्वाधारका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरी कार्यान्वयन प्रक्रियामा अघि बढ्ने प्राधिकरण कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्माले बताए । “प्रस्ताव निर्माणको जिम्मेवारी जिल्ला आयोजना कार्यान्वयन एकाइलाई दिइनेछ, आवश्यकताका आधारमा घर भूकम्पपीडित आफैँले बनाउनुपर्छ, पहाडमा रु चार लाख, हिमालमा रु पाँच लाख र तराई एवं सदरमुकाममा रु तीन लाख प्रतिपरिवारका दरले पूर्वाधार विकासमा खर्च हुने कार्यविधि छ”, उनले भने ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजना स्वीकृत गरेको छ । बस्तीमा ४० घरधुरी रहने जनाइएको छ । सोही जिल्लाकै मेलम्ची नगरपालिका–१२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजना पनि स्वीकृत भएको छ । सो बस्तीमा ७० घरधुरी रहने छन् । जिल्लाकै भोटेकोशी गाउँपालिका–५ त्याङ्थली एकीकृत नमूना बस्ती विकास योजनासमेत प्राधिकरण कार्यकारी समितिले पारित गरेको छ जसमा १० घरधुरी रहनेछन् । बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका–८ को माझीगाउँको गाईखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । सो बस्तीमा २४ घरधुरी रहनेछन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० स्थित तीनधारामा घरबाससहितको नमूना तामाङ बस्ती विकास योजना पनि स्वीकृत भएको छ, जसमा ३७ घरधुरी रहनेछन् ।

प्राधिकरणअन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन एकाइका लागि बैठकले कर्मचारी दरबन्दी स्वीकृत गरेको छ जसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का लागि इञ्जिनीयरसहित तीन हजार २५० र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का लागि ७०४ छन् । बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर जनिएका व्यक्तिको सूची, सोबमोजिम घर भए÷नभएका सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बि.सं.२०७४ साल माघ १२ गते शुक्रवारको राशिफल
बि.सं.२०७४ साल माघ १२ गते शुक्रवारको राशिफल
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
विवेकशील साझा पार्टी  फुट्याे
विवेकशील साझा पार्टी फुट्याे
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम
नारायणगढ-मुग्लिन सडक : वर्षाभरि पहिराको जोखिम
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
१०५ स्थानीय तहको परिणाम घोषणा हुँदा एमाले सबैभन्दा अगाडि, काँग्रेस र माअाेवादी केन्द्र कति ?
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेसलाई एक सय ३० रनको चुनौती
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
प्रचण्डले एमसीसी रोक्न लागेपछि देउवा कठोर निर्णयको तयारीमा
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा