रोल्पामा जनताको घरको गारो लगाउँदै वर्षमान पुन “अनन्त”

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
रोल्पामा जनताको घरको गारो लगाउँदै वर्षमान पुन “अनन्त”

सारांश

  • काठमाडौं, ३ माघ ।
  • सुनछहरी गाउँपालिका–७, जेलबाङका मङ्गले बुढा दम्पत्तिको लागि नयाँ घर बन्ने भएको छ ।
  • जनयुद्धकालमा आफ्ना एकमात्र छोरालाई गुमाएका मङ्गलेले सहिद परिवारले राज्यबाट पाउने राहत रकम १० लाख पनि प्राप्त गरेका छन् ।

काठमाडौं, ३ माघ । सुनछहरी गाउँपालिका–७, जेलबाङका मङ्गले बुढा दम्पत्तिको लागि नयाँ घर बन्ने भएको छ । जनयुद्धकालमा आफ्ना एकमात्र छोरालाई गुमाएका मङ्गलेले सहिद परिवारले राज्यबाट पाउने राहत रकम १० लाख पनि प्राप्त गरेका छन् ।

रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन “अनन्त” ले यसपटक जिल्ला पुगेर मङ्गले बुढामगरको नयाँ घरका लागि जग बसाएका छन् । नेता पुन मगरले ढुङ्गा हालेर जग बसाएर घर निर्माण कार्यको शुभारम्भ गरेका छन् ।

बीबीसी साझा सवालको एक कार्यक्रममा मङ्गले बुढाले झुपडीमा बसेर सहिद परिवारले पाउने रकम आफूहरुले नपाएको बताएका थिए । मङ्गले दम्पत्तिको कुरा सुनेर निवर्तमान सभामुख ओनसरी घर्तीमगरले आँशु थाम्न नसकेको र पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन “अनन्त”ले भावुक भएर घर निर्माण गरिदिने र राहत रकम दिलाउने प्रतिबद्धता जनाएको साझा सवालको उक्त ईपिसोड लाखौँले हेरेका थिए ।

सांसद सुरक्षित आवास कार्यक्रम बनाएर उक्त कार्यक्रममार्फत सहिद परिवार मङ्गलेको घर निर्माणको कामलाई नेता बर्षमान पुन “अनन्त” आफै जेलबाङ पुगेर मङ्गले बुढा दम्पत्तिको घर शिलान्यास गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौदेखि काठमाडौँका गुड्ने भए विद्युतीय बस
भदौदेखि काठमाडौँका गुड्ने भए विद्युतीय बस
नेपालमा माक्र्सवाद पढाउन (नेकपा) का बरिष्ठ नेता ब्राजिल भ्रमणमा !
नेपालमा माक्र्सवाद पढाउन (नेकपा) का बरिष्ठ नेता ब्राजिल भ्रमणमा !
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
जिपको ठक्करबाट एकजनाको मृत्यु
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
कोसीटप्पु क्षेत्रमा विमानस्थल निर्माण !
विकासमा पक्ष विपक्ष हुनु हुँदैन : प्रधानमन्त्री
विकासमा पक्ष विपक्ष हुनु हुँदैन : प्रधानमन्त्री
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
इन्टरनेटले मूल्य घटाउनुको साटो बढाएकोमा सरकार हस्तक्षेप गर्ने योजनामा-मन्त्री बास्कोटा
दैनिक १४ घन्टासम्म लोडसेडिङ, किन हुन्छ ?
दैनिक १४ घन्टासम्म लोडसेडिङ, किन हुन्छ ?
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ

तपाईंले छुटाउनुभयो कि?