बि.सं.२०७४ साल माघ १२ गते शुक्रवारको राशिफल
सारांश
- मेष राशिः मेष राशि हुनेहरुको लागि आज दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ ।
- व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ ।
- पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ ।
मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनपर्ने स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने गोचर रहेको छ । पारिवारिक सौहार्द वातावरण निर्माण हुनेछ । नयाँकाम वा शेयर आदिको लगानीको प्रस्ताव आउनसक्ने छ । दैनिकी कामकार्यबाट लाभ प्राप्त हुनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको उपयोग र माँ भुवनेश्वरीको स्तुति तथा उपाशना गर्नु लाभप्रद हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । रपनि अपेक्षा नगरिएको कार्यभने बन्ने र केही लाभ एवं आयआम्दानी तथा उपलब्धि हुनेछ । बढी चाहना गरेको काममा भने अल्लि बढी कोसिस गर्नुपर्ने र आंशिक सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । यात्राको पनि योग देखिएको छ । चोटपटक तथा कष्टको पनि सम्भावना छ हिँड्डुल गर्दा तथा अन्य व्यवहारमा पनि सावधानी रहनुपर्ला । तपाईको लागि आज ३ अंक र पहेंलो रङ्ग एवम् माँ इन्द्रायणीको सेवा आराधना गर्नु शुभप्रद हुनेछ ।
कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर छ । शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आज ठूलो उपलब्धि खोज्नु भन्दा पनि भौतिक कर्म सम्पादनलाई प्रार्थमिकता दिनु बुद्धिमानी हुनेछ । जसबाट पछि लाभ उठाउन सकिनेछ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र माँ भुवनेश्वरीको आराधना गर्नु उपयुक्त हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन अनुकूल ग्रहगोचर परेको छ । मानसम्मान बढ्ने, उच्चजनसंपर्क स्थापित हुने र सहजवातावरण सृजना हुनेछ । कामकार्य तथा पेशा वा व्यवसायको क्षेत्रबाट लाभ गर्नसकिने छ । जसले गर्दा मानसिक सन्तुष्टि मिल्ने र साहस बढेर आउनेछ । महत्त्वाकांक्षी योजनाको बारेमा चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ । मानसम्मान पाइने र भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ ।
कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मनमा अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र धार्मिक आश्रम आदिलाई सहयोग शुभ हुनेछ ।
तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेको छ भने कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटक वा विमारको सम्भावना पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । अप्रत्यासित रुपमा केही उपलब्धि हुने कुरालाई भने नकार्न सकिन्न । आठ अंक, रातो रङ्गको प्रयोग गर्नु आज यहाँको लागि शुभ रहनेछ भने रोगीको सेवा गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि रङ्गराग एवं आमोद–प्रमोदको ईच्छा बढाउने गोचर छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने छ, होस पुर्याउनु जरुरी देखिन्छ । सोँचेजति नभएपनि केहीहद्सम्म व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा सामेल हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ तर, सावधानी अप्नाउनु उचित हुनेछ । प्रेमप्रसङ्गमा असमझदारी आउनसक्ने छ । आज यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भगवान हनुमानको स्तुति आराधना गर्नु शुभप्रद हुनेछ ।
धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन पराक्रम बढ्ने खालको गोचर रहेको छ । साहस, पौरख एवं कान्तिमा वृद्धि हुनेछ भने शत्रुमुकाविलामा सफलता मिल्नेछ । आँटेताकेको काम अगाडि बढाउन सकिने छ । उद्याम एवं व्यवसायमा सफलता मिल्न गई मनग्य लाभ हुनेछ । समर्थक एवं प्रसंशकहरु बढ्नेछन् । आज तपाईले माँ भुवनेश्वरीको सेवा श्रद्धा तथा दर्शन भक्ति गर्नाले सफलतामा वृद्धि हुनेछ ।
मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त भएकोले विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ । व्यवसायिक पक्षपनि मज्बुत बनेर आउनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । साथै माँ कुमारीदेवीको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ ।
कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन ग्रहगोचरको स्थिति सामान्य प्रतिकूल प्रतित भइरहेकोले व्यवहारमा सावधानी अप्नाउन जरुरी देखिन्छ । जरुरी विषयमा मात्रै चासो राख्नु बुद्धिमानी हनुेछ । आवश्यकभन्दा बढी वाणीविलासले वादविवाद सृजना गर्नसक्ने भएकोले होसियारी पुर्याउनु होला । स्वास्थ्यमा पनि मन्दि आउनसक्ने भएकोले खानपानमा विचार पुर्याउन जरुरी देखिन्छ । समस्या आएपनि धैर्यतालाई पालना गर्नाले कष्ट निवारणमा मद्दत हुनेछ । चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ । आमा वा आमासमानकी मातृशक्तिको आज्ञा वा आर्शिवाद ग्रहण गर्नु फापसिद्ध हुनेछ ।
मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन बहुआयामिक रहेको छ । समय र शारीरिक एवम् मानसिक शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । जोशजाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्नसकिने छ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको प्रस्ताव आउनसक्ने छ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भने माँ इन्द्रायणीको दर्शनभक्ति तथा सेवा आराधना गर्नु हितप्रद हुनेछ ।
प्रतिक्रिया