पौने २ करोडको लागतमा ७५ घरमा सौर्य मिनी ग्रीड
सारांश
- मोरङ ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ गरेका छन् ।
- केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न नसकेका जिल्लाको विकट क्षेत्रका ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।
मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ गरेका छन् ।
केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न नसकेका जिल्लाको विकट क्षेत्रका ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।
एसियाली विकास बैंकको एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा विद्युत प्रणाली जडान गरिएको हो ।
सूर्योदय ऊर्जा प्रालिले बनाएको त्यस परियोजनामा पहिलोपटक स्मार्ट मिटर अर्थात् प्रिपेड मिटर जडान गरी समुदाय आफैँले व्यवस्थापन गरेका छन् ।
मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट बस्तीमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी त्यसलाई विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने उल्लेख गरे ।
चीन, बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताए ।
प्रतिक्रिया