पौने २ करोडको लागतमा ७५ घरमा सौर्य मिनी ग्रीड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पौने २ करोडको लागतमा ७५ घरमा सौर्य मिनी ग्रीड

सारांश

  • मोरङ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ गरेका छन् ।
  • केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न नसकेका जिल्लाको विकट क्षेत्रका ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना शुभारम्भ गरेका छन् ।
केन्द्रीय विद्युत प्रसारण लाइन पुग्न नसकेका जिल्लाको विकट क्षेत्रका ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।

एसियाली विकास बैंकको एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा विद्युत प्रणाली जडान गरिएको हो ।

सूर्योदय ऊर्जा प्रालिले बनाएको त्यस परियोजनामा पहिलोपटक स्मार्ट मिटर अर्थात् प्रिपेड मिटर जडान गरी समुदाय आफैँले व्यवस्थापन गरेका छन् ।

मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट बस्तीमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी त्यसलाई विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने उल्लेख गरे ।

चीन, बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताए ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी
यि हुन कालो सूचीमा राखिएका १ सय ९७ वटा म्यानपावर कम्पनि
यि हुन कालो सूचीमा राखिएका १ सय ९७ वटा म्यानपावर कम्पनि
निर्मला प्रकरण  : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
निर्मला प्रकरण : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
सिन्धुपाल्चोक २ मा वाम गठबन्धन पछाडि, पशुपति दोब्बर मतले अगाडि
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा
राष्ट्रियसभा बैठक : परियोजनादेखि वाइडबडीसम्मका कुरा
भारतबाट ५३ डिब्बा सहितको  रेल जनकपुर आयो
भारतबाट ५३ डिब्बा सहितको रेल जनकपुर आयो
चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह
चुनाव सम्बन्धी अनर्गल प्रचार नगर्न निर्वाचन आयोगको आग्रह

तपाईंले छुटाउनुभयो कि?