ओली र प्रचण्डलाई मिलाउने ‘खेलाडी’ को-को हुन् ?
सारांश
- काठमाडौँ, ३ जेठ ।
- नेकपा एमाले र माओवादीबीच झण्डै टुटेको एकता आश्चर्यजनक रुपमा जोडिएको छ ।
- पार्टी एकता र सरकार संचालनका विषयमा अनेक टिकाटिप्पणीहरु छताछुल्ल भइरहँदा बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीचको बैठकले निर्णायक मोड लियो ।
काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादीबीच झण्डै टुटेको एकता आश्चर्यजनक रुपमा जोडिएको छ । पार्टी एकता र सरकार संचालनका विषयमा अनेक टिकाटिप्पणीहरु छताछुल्ल भइरहँदा बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीचको बैठकले निर्णायक मोड लियो । दुई नेताबीचको असमझदारी हटाउने मात्रै होइन्, एकाएक पार्टी एकतामै पुग्ने गरी वातावरण बन्यो ।
आखिर कसरी सम्भव भयो ?
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेलहरु जसरी पनि माओवादीसँग पार्टी एकताका लागि जोडबल गरिरहेका थिए । अझ आफूले पार्टीको कमाण्ड सम्हालेका बेला एउटै कम्युनिष्ट केन्द्र बनाउने निर्णयमा एमाले अध्यक्ष ओली दृढ थिए । उनको त्यही आत्मविश्वासले बुधबार काम गर्यो । जसका लागि पुलको काम गरे, एमालेका उपमहासचिव विष्णु पौडेलले ।
उच्च स्रोतका अनुसार, पौडेल ओली र प्रचण्डबीच मध्यस्थता गरिरहेका थिए । यो बीचमा पटकपटक ओली र प्रचण्डबीच भेट भयो । तर, ती सबैलाई गोप्य राखिए । कतिपय बैठकमा ओली र प्रचण्ड बसेर मन माझामाझ गरे भने कतिपय बैठकमा पार्टीका शीर्ष नेता पनि सामेल भए ।
मंगलबार बिहान एमाले उपमहासचिव पौडेलले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई बालुवाटार आएर भेटे । दिउँसो प्रचण्डसँग बसेर छलफल गरे । साँझ प्रचण्डको सन्देश बोकेर उनी बालुवाटार आए । प्रचण्डको प्रस्तावलाई ओलीले स्वीकार मात्रै गरेनन्, बुधबार भेटेर निर्णायक मोडमा पुग्ने निष्कर्ष निकाले ।
यो बीचमा पार्टीका शीर्ष नेता र ओलीको सल्लाहकार समूहले पनि वातावरण बनाउन मद्दत गर्यो । बुधबार कुराकानीमा एमाले उपमहासचिव पौडेलले भनेका थिए- ‘हाम्रो प्रयास सार्थक भएको छ । त्यसमा गर्व लागेको छ ।’
निरन्तर जनार्दन
उता माओवादीतिर जनार्दन शर्माको उत्तिकै भूमिका रह्यो । चुनाव अघि एमालेको सूर्य चिन्हमा चुनावमा जाने गरी सहमति गराउने नै जनार्दन थियो । तर, भोलिपल्टै माओवादीमा विरोध भयो । र, माओवादी आफ्नै चिन्ह बोकेर चुनावमा होमियो । यो बीचमा पनि जनार्दनले एमाले र माओवादीका नेतासँग पटकपटक छलफल गरेका थिए । ओली, एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलसँग उनको बाक्लै छलफल भए । प्रचण्डलाई आफ्नै नेताहरुले अनेक गरी उक्साइरहँदा पनि माओवादीभित्र जनार्दन मात्र यस्ता पात्र हुन्, जो निरन्तर एकताका लागि उभिइरहे । यो बीचमा एकताविरुद्ध उनको कहिल्यै अभिव्यक्ति नआउनु पनि त्यसकै कारण थियो ।
यसो त ओलीले जनार्दनलाई आफू नेतृत्वको सरकारमा समेत सामेल गराउन चाहन्थे । माओवादीले उनको नाम पठाइदियोस् भन्ने ओलीलाई थियो । तर, जनार्दन मन्त्रिमण्डलमा छुटे । यद्यपि उनले कुण्ठा बोकेनन् । बरु प्रचण्डलाई पार्टी एकताका लागि बल दिने काम गरिरहे । पार्टीका एकताका लागि पुलको काम गर्ने नयाँ पार्टीको स्थायी कमिटी सदस्यका रुपमा रहनेछन् ।
बिभिन्न शक्ति केन्द्रहरुको दबाब छल्दै अन्ततः एमाले र माओवादीका नेताहरु एउटै कम्युनिष्ट केन्द्र बनाउन सफल भएका छन् । नेपालको इतिहासमै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्न सफल भएको छ ।
(शारदा गैरेले दैनिक नेपाल मा लेखेकाे साभार )
राज बिरजंग राणा
मोदी जी..
Bir Shrestha
Good
Umesh Bhandri
You,me & people thanks
Bikash Bikash
Nai Malai tha Chaina
Parsu Regmi
Jasle milayo tyhi out
Rajendra Shrestha
Congratulations on completion of an historic responsibility.
Jeet Bal Rai
बिस्णु पौडेलको मुहार खुब हसिलो छ आज
RaJan Neupane
नरेन्द्र मोदि
Krishna Kathayat
Congratulation
Rupchan Tamang
Good