इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

सारांश

  • नवलपरासी, १० चैत  कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।
  • विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् ।
  • उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको अङ्क पोखरा विश्वविद्यालयलाई समयमै नपठाउँदा ती विद्यार्थी समस्यामा परेका हुन् ।

नवलपरासी, १० चैत  कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।

विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इञ्जिनीयरिङ सङ्कायतर्फको तेस्रो र पाँचौँ सेमेस्टरको प्रोजेक्ट वर्कको अङ्क पोखरा विश्वविद्यालयलाई समयमै नपठाउँदा ती विद्यार्थी समस्यामा परेका हुन् ।

विसं २०७५ पुुस १२ गते नतिजा प्रकाशन हुनुपर्ने भए पनि विद्यार्थीको दबाबपछि कलेजले प्रोजेक्ट वर्कको अङ्क पोखरा युनिभर्सिटीलाई पठाएर चैत ५ गते नजिता प्रकाशन गरेको थियो । छैटौँ, सातौँ र आठौँ सेमेस्टर पास गरेका १६ विद्यार्थीको समेत तेस्रो र पाँचाँै सेमेस्टरको प्रोजेक्ट वर्कको नम्बरको नतिजा ढिला आएका कारणले यस वर्ष एम.ई भर्ना हुन नपाएका हुन् । तिजाअनुसार तीन विद्यार्थी सोमती गुरुङ, विवेक भट्ट र विनिता लामिछाने मौका परीक्षा दिन पाउने थिए । मौका परीक्षाका लागि फारम भर्ने अवधि गत फागुन ३० गतेसम्म रही चैत ४ र ५ गते मौका परीक्षा निर्धारण गरिएको थियो ।

पोखरा विश्वविद्यालय चैत २ र त्रिभुवन विश्वविद्यालय फागुन २१ गतेसम्म एम. ईका लागि आवेदन फारम भर्न पाउने समयावधि तोकेकाले उनीहरू बिचल्लीमा परेका हुन् । यस विषयमा कलेज प्रशासनले प्राविधिक त्रुटिका कारण नतिजा ढिलो आएकाले विद्यार्थी समस्यामा परेको कलेजका प्राचार्य हरि भण्डारीले बताउनुभयो । कलेजले प्रोजेक्टको अङ्क समयमै नपठाएका कारण नतिजा प्रकाशन ढिला हुँदा विद्यार्थीलाई समस्या भएको पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्माले बताउनुभयो । उक्त कलेजकै ढिलाइका कारण नतिजा प्रकाशन ढिला भएको पीडित विद्यार्थीको आरोप थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार
साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार
एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
आजको विनियम दर: कुन विदेशी मुद्राको सटही दर कति?
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव
हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव
आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग
आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
बुद्धका उपदेश र मार्गदर्शन आत्मसात गर्नुपर्छ : प्रदेश प्रमुख
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

तपाईंले छुटाउनुभयो कि?