तीन वर्षभित्र गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
तीन वर्षभित्र गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्ने !

सारांश

  • ललितपुर, ११ भदौ ।
  • गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ ।
  • गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

ललितपुर, ११ भदौ । गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ । गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, “रङ्गशालाको निर्माणले विशेष गरेर युवालाई फाइदा पुग्नेछ।” रङ्गशाला पूर्णरुपमा सम्पन्न नहुँदा पनि खेल्न मिल्ने अवस्थाको बनेपछि खुला हुने उहाँले बताए ।

नगरपालिकाले रङ्गशाला निर्माणका लागि गत वर्ष रु ४० लाख र यस वर्ष रु एक करोड बजेट छु्याएको छ । छिट्टै अखिल नेपाल फूटबल सङ्घसँग रङ्गशाला निर्माण र सञ्चालनका लागि सम्झौता गरिने प्रमुख महर्जनले बताए । “अहिले वर्षाका कारण रङ्गशाला निर्माण बीचैमा रोकिएको छ”, उनी भन्छन्, “एक÷दुई सातापछि नै फेरि शुरु हुनेछ ।” आगामी तीन वर्षभित्र रङ्गशाला बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । पहिले ढुङ्गाखानी सञ्चालन भएको स्थानमा अहिले रङ्गशाला निर्माण हुँदैछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Aw Bee ShAke Sah

    Banyo!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?