मोदीको बजेट रु ३७ करोड ४३ लाख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • फलेवास (पर्वत) ३ साउन ।
  • मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।
  • सोमध्ये चालुतर्फ रु २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रु ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ ।

फलेवास (पर्वत) ३ साउन । मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।

सोमध्ये चालुतर्फ रु २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रु ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिने गरी योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

बजेटमा गाउँपालिका सवै वडामा सडकको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने, वन– पर्यटन– उद्योग– जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवालाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ ।
द्वन्द्वपीडितका हकदारलाई रु तीन करोड

तत्कालीन सशस्त्र द्वन्द्वका बेला विभिन्न कारणले पीडित बनेका परिवारलाई रु तीन करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्लामा स्थायी घर ठेगाना भएका सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिका परिवार, बेपत्ता भएका व्यक्तिका नजिकका हकदार र विस्थापित परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु तीन करोड दुई लाख २५ हजार चार सय ५० राहत वितरण गरिएको हो ।
यसअघि विभिन्न चरणमा रु पाँच लाख राहत बुझेका बेपत्ता भएका व्यक्ति र मृतकका हकदारलाई यस पटक रु पाँच लाख थप गरी रु १० लाख पु¥याइएको छ । त्यसै गरी सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका सुरक्षाकर्मीका हकदारले यसअघि विभिन्न चरणमा रु आठ लाख ५० हजार राहत बुझिसकेकामा यस पटक रु एक लाख ५० हजार थप गरी रु १० लाख पु¥याइएको सहायक प्रजिअ प्रवीण ढकालले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वका बेला यहाँबाट दुई जना बेपत्ता भएका थिए । उनीहरुका परिवारलाई रु १० लाख प्रदान गरिसकिएको छ । सुरक्षाकर्मीसहित सर्वसाधारण गरी मृत्यु भएका ८४ जनाको परिवारलाई अन्तिम पटक रु एक लाख ५० हजार दरले वितरण गरिएको बताइएको छ ।
द्वन्द्वका क्रममा विभिन्न कारणले २२ घरपरिवारका ८४ सदस्य विस्थापित थिए । उनीहरुलाई प्रतिपरिवार रु २५ हजारका दरले वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्सा पास नगरी घर बनाउनुभएको छ ? छ भने महानगरमा निवेदन दिनुस्
नक्सा पास नगरी घर बनाउनुभएको छ ? छ भने महानगरमा निवेदन दिनुस्
मोदीले इमरान खानलाई बोलाउलान् शपथ ग्रहणमा ?
मोदीले इमरान खानलाई बोलाउलान् शपथ ग्रहणमा ?
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु
मोटरसाइकल दुर्घटनामा परी चालक को मृत्यु
चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेनन् : प्रधानमन्त्री
चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेनन् : प्रधानमन्त्री
काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
काभ्रे, धनुषा,र सुनसरी मा सवारी दुर्घटनामा मृत्यु तथा घाइत
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री
खेतीयोग्य जमिनमा अरु काम नगर्नुस् : मन्त्री
तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो
तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
द्वन्द्व पीडित राष्ट्रिय संजालद्वारा बालुवाटारमा धर्ना
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।