लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०८०
|
|
४० पटक हेरिएको
Shares
लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सारांश

  • सल्लेरी ।
  • सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।
  • सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

सल्लेरी । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाले जनाएको हो ।

प्राधिकरणका प्रमुख उमेश पन्थीका अनुसार सन् २०२२ मा एक लाख एक हजार पाँच सय एक पर्यटकले हवाई सेवा प्रयोग गरेकामा सन् २०२३ मा एक लाख ३३ हजार दुई सय ७४ जना पुगेका थिए । सङ्ख्यात्मक हिसाबले ३१ हजार सात सय ७३ बढी हो । हवाई सेवा लिने अधिकांश विदेशी पर्यटक रहेको उनको भनाइ थियो ।

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या वृद्धि भएको प्राधिकरण प्रमुख पन्थीले बताए। सगरमाथा क्षेत्रको विमानस्थल भनेर चिनिने लुक्ला विमानस्थलमा हवाई सेवा लिनेको सङ्ख्या अधिक हुने गरेको छ ।

खुम्बु भ्रमण गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ वा रामेछापको मन्थलीबाट जहाजमै लुक्लासम्म पुग्ने र त्यहाँबाट पैदलयात्रा गर्दै उकालो लाग्ने गरेको तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज अमृत मगरले बताए ।

उनका अनुसार लुक्लासम्म सडकमार्ग नपुगेकाले खुम्बु भ्रमण गर्ने अधिकांश पर्यटकले हवाई सेवा नै लिनुपर्ने बाध्यता छ । सीमित पर्यटकले मात्रै गाडीबाट सदरमुकाम सल्लेरी, थामडाँडा हुँदै त्यहाँबाट हिँडेर लुक्ला पुग्ने गरेको उनको भनाइ थियो । जिल्लाको आठ स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्रसम्म सडक नपुगे पनि अन्य स्थानीय तहका केन्द्रसम्म सडक पुगिसकेको छ ।

खुम्बु पासाङल्हामुले पनि यसै आर्थिक वर्षभित्र पालिकाको केन्द्रसम्म सडक पुर्याउने लक्ष्यका साथ सडक विस्तारलाई तीव्रता दिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए ।

नौ सय २८ टनभन्दा बढी कार्गो खुम्बु ढुवानी

सोलुखुम्बुको लुक्लामा नौ सय २८ टनभन्दा बढी कार्गो सामग्री ढुवानी भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित उक्त विमानस्थलमा सन् २०२३ मा नौ लाख २८ हजार नौ सय ८४ किलोग्राम अर्थात् नौ सय २८ दशमलव ९८ टन कार्गो ढुवानी भएको उक्त शाखाले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार ढुवानी गरिएका सामग्रीमा खाद्यान्न, निर्माण सामग्री, लत्ताकपडालगाययत रहेका छन् । लुक्लासम्म सडक नपुगेकाले सो क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो साधन नै हवाई सेवा बनेको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए। ती सामग्री जहाज तथा हेलिकोप्टरमार्फत ढुवानी गरिएको उक्त शाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
मन्त्रीमण्डल हेरफेरपछि नेकपाका शीर्ष नेताहरु कोही मख्ख, कोही असन्तुष्ट
मन्त्रीमण्डल हेरफेरपछि नेकपाका शीर्ष नेताहरु कोही मख्ख, कोही असन्तुष्ट
ए’ डिभिजन लिग फुटबल: आजदेखि चौथो चरणका खेलहरू
ए’ डिभिजन लिग फुटबल: आजदेखि चौथो चरणका खेलहरू
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
वरिष्ठ नेता खनालले राजपालाई लगाएको आरोप यस्तो छ ।
हेमा मालिनी र सपना चौधरीबिच चुनावी प्रतिस्पर्धा
हेमा मालिनी र सपना चौधरीबिच चुनावी प्रतिस्पर्धा
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक