प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
५० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न यसरी तयार भैसक्यो दिल्ली

सारांश

  • प्रधानमन्त्री ओली भारत सरकारको उच्च प्राथमिकतामा यी हुन् ओलीसँग भारतका प्राथमिकता भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए ।
  • उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।
  • प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनका लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए ।

प्रधानमन्त्री ओली भारत सरकारको उच्च प्राथमिकतामा

यी हुन् ओलीसँग भारतका प्राथमिकता

भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए । उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।

प्रधानमन्त्री केपी ओलीको भ्रमणमा नेपालले थप पारवहनका लागि प्रस्ताव गरे छलफल गर्न भारत तयार रहेको ती अधिकारीले बताए । ‘पारवहनमा कस्ट अफ इकोनोमी पनि हेर्नुपर्छ, यदि व्यवसायीले धान्न सक्छन् भन्ने अवस्था हो भने हामी थप बन्दरगाहमा नेपाललाई सहजीकरण गर्न तयार छौँ,’ उनले भने ।

नेपालमा करिब दुईतिहाइ बहुमतनजिकको वामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्दै छ । विगतमा मधेसको सीमांकनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ ।

उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यान्डेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थायित्वमा सघाउने बताएको छ । नयाँ सरकारसँग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ ।

भारतका विदेश राज्यमन्त्री जनरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविसकुमार र भारतका नेपाल र भुटान डेस्क हेर्ने नर्थ डिभिजनका सहसचिव सुधाकर दलेलाले भारतीय प्राथमिकता र चासोबारे नेपाली सञ्चारकर्मीसामु परिवर्तित धारणा सुनाए । दुवै देशका सञ्चारमाध्यममा नेपाल–भारत सम्बन्धमा चीनलाई अनावश्यक जोडिएको र त्यो यथार्थपरक नभएकोसमेत उनीहरूले स्पष्ट पारे ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Laxman Bhandari

    वलि जि धाेतिकाे पछि नलाग्नु वरु चिनकाे पछि लागनु

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारको नाममा नक्कली निर्णय र चिठी-भूमाफिया र बिचौलियाको मिलेमतो!
अख्तियारको नाममा नक्कली निर्णय र चिठी-भूमाफिया र बिचौलियाको मिलेमतो!
एक अर्व दुर्इ कराेड ५ लाख कर्णाली प्रदेशकाे वजेट (पुर्ण पाठ सहित)
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
मुलुकमा बाढीको खतरा देखेपछि गृहमन्त्रालयले ग¥यो यस्तो अपिल (विज्ञप्तिसहित)
दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने
दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने
विश्वकप फुटबल २०१८: ८ टोली भिड्दै, यस्तो छ खेल तालिका
The Nine Most popular Chinese Language Internet dating Apps In 2020 Usually are What You possessed Expect
अमेरिकी सहयोग नआउँदा चरम आर्थिक संकटमा संयुक्त राष्ट्रसंघ
गच्छादार किन गए भारत र अमेरिका ?
गच्छादार किन गए भारत र अमेरिका ?
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)
देशलाइ अन्धकारमुक्त पार्ने कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)