राहुल गान्धी काठमाडौं हुँदै मानसरोवर जाने
सारांश
- काठमाडौ १५,भदौ।
- भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन्।
- धार्मिक भ्रमणका लागि उनी नेपाल आएका छन्।
काठमाडौ १५,भदौ।भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन्। धार्मिक भ्रमणका लागि उनी नेपाल आएका छन्। गान्धी नियमित उडानमार्फत शुक्रबार दिउँसो आएका हुन्। उनी मानसरोवर जानका लागि नेपाल आएका हुन्। नेपालगञ्जबाट मुगु हुँदै मानसरोवर जान लागेका हुन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कांग्रेस अध्यक्ष गान्धी मानसरोवर यात्राका लागि शुक्रबार काठमाडौं प्रस्थान गर्दैछन्। गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन्। तर, गान्धीको काठमाडौंमा बस्ने अवधि र मानसरोवरको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।
गत २६ अप्रिलमा कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको थियो। त्यसको केही दिनपछि २९ अप्रिलमा दिल्लीमा आयोजित एक आमसभालाई सम्बोधन गर्दै गान्धीले उक्त घटनाले आफू भित्रैदेखि बिचलित भएको र त्यतिबेला कैलाश मानसरोवरको सम्झना आएको हुँदा पार्टीले अनुमति दिए राजनीतिक गतिविधिबाट करिब दुईसाताको छुट्टी लिएर चाँडै नै कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए।
संयोगले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नै भएका बेला उनी नेपाल आएका हुन्। बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका मोदी आज नै स्वदेश फर्कदैछन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया