मिडिया र दरबारबाट दिक्क युवराज्ञी

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
मिडिया र दरबारबाट दिक्क युवराज्ञी

सारांश

  • बेलायती राज परिवारबारे नयाँ खुलासा भएको छ ।
  • राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले एक टेलिभिजन अन्तर्वार्तामाले निराशा व्यक्त गरेका छन् ।
  • भावुक हुँदै मेघनले आफू ‘जीवीत रहेको’ तर ‘नबाँचेको’ प्रतिक्रिया दिएकी छन् ।

बेलायती राज परिवारबारे नयाँ खुलासा भएको छ । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले एक टेलिभिजन अन्तर्वार्तामाले निराशा व्यक्त गरेका छन् । भावुक हुँदै मेघनले आफू ‘जीवीत रहेको’ तर ‘नबाँचेको’ प्रतिक्रिया दिएकी छन् । राजकुमार ह्यारीले भने बेलायत छोड्न चाहेको बताएका छन् । आईटिभीले तयार पारेको डकुमेन्ट्रीमा उनीहरुले यस्तो बताएका हुन् । जुन अन्तर्वार्ता आइतबार राति प्रशारण हुँदैछ ।

तर उनीहरुले दिएको ‘बाइट’को ‘फुटेज’ भने टेलिभिजनले सार्वजनिक गरेको छ । डेलिमेलका अनुसार मेघनले भावुक अन्तर्वार्ता दिएकी छन् । उनले आफू मिडियाको दबावमा परेको प्रतिक्रिया दिएकी छन् । यससँगै उनीहरु ६ हप्ताका लागि दरबारको नियमित कामकाजबाट बिदा लिँदै छन् । मेघनले दरबारको जीवनशैलीमाथि नै निराशा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा भने मेघनाको समर्थनमा ‘वीलभयुमेघन’ भन्दै ह्यासट्याग नै चलाइएको छ । राजकुमार ह्यारीले भने दक्षिण अफ्रिका आफूलाई मन परेको भन्दै त्यहीँ बस्न चाहेको प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?