छोराको जित नातिको हार :सूर्यबहादुर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ११, २०७३
|
|
२०० पटक हेरिएको
Shares
छोराको जित नातिको हार :सूर्यबहादुर

सारांश

  • राप्रपाको एकता महाधिवेशनमा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुरका थापाका छोरा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
  • तर, नाती चाहीँ हार खाएका छन् ।
  • सूर्यबहादुर राप्रापका संस्थापक नेता थिए ।

राप्रपाको एकता महाधिवेशनमा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुरका थापाका छोरा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तर, नाती चाहीँ हार खाएका छन् । सूर्यबहादुर राप्रापका संस्थापक नेता थिए ।

सूर्यबहादुरका छोरा सुनिल थापा दोस्रो संविधानसभा चुनावमाथि राजनीतिमा होमिएका हुन् । उनी ओली सरकारका पाला बाणिज्य मन्त्री थिए । उनी धनकुटवाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनलाई मत १५५१ मत आएको थियो ।


तीनै सुनिलका छोरा सिद्धार्थ भने राजनीति नै थिए तर, चर्चामा थिएनन् । सूर्यबहादुरको मृत्युपछि उनले बढी राजनीतिमा सक्रिय भएका हुन् । एकता महाधिवेशनमा उनी पनि केन्द्रीय सदस्यमा उठेका थिए । तर, निर्वाचत हुन सकेनन् । उनी खुलातर्फ केन्द्रीय सदस्यमा उठेका थिए ।

त्यसैबीच पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । जयन्तले १५७६ मत ल्याएर केन्द्ीय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?