साठी प्रतिशत मासु पसल दर्ता बिना सञ्चालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
साठी प्रतिशत मासु पसल दर्ता बिना सञ्चालन

सारांश

  • ललितपुर, १२ चैत,   ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् ।
  • कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताउनुभयो ।
  • दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् ।

ललितपुर, १२ चैत,   ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् ।

कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताउनुभयो । दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् ।

दर्ता भएर व्यवसाय शुरु गर्दा पाइने सुविधाका बारेमा कतिपय व्यवसायीलाई जानकारी छैन । उहाँ भन्नुहुन्छ, “कतिपय व्यवसायीलाई जानकारी नै छैन, जानकारी भएकाहरुले वेवास्ता गरिरहेका छन् ।” व्यवसायीले दर्ता र नविकरण गर्न झन्झट मान्ने गरेका छन् ।

नगरका भित्रि भाग र महानगरपालिकामा अहिले गाभिएका साविक गाविस दुवैतिर दर्ता नभई सञ्चालन भएका मासु पसल धेरै रहेको प्रमुख साह बताउनुहुन्छ ।

पुस्तौँदेखि मासु बेच्दै आएका कतिपय व्यवसायी मासु पसल दर्ता गर्न आवश्यक ठान्दैनन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सुधार हुने उहाँको भनाइ छ । स्थानीय निकायले पूर्णरुपमा काम गर्न थाल्दा पसलको दर्ता बढ्न सक्छ ।

उहाँ भन्नुहुन्छ, “वडा कार्यालयमा सेवा शुरु भएमा दर्ता प्रक्रियामा आउन सक्छन् ।” उपमहानगरपालिका हुँदासम्म यहाँ झण्डै ३०० मासु पसल दर्ता थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना !
खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना !
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
सुदूरपश्चिम प्रदेशमा कांग्रेस-एमालेकै वर्चश्व, माओवादी, समाजवादी र रास्वपा निल
निर्माण व्यसायी महास‌ंघका अध्यक्ष गाैचन हत्याका तीन अभियुक्त पक्राउ !
निर्माण व्यसायी महास‌ंघका अध्यक्ष गाैचन हत्याका तीन अभियुक्त पक्राउ !
वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल
वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन: अध्यक्ष नेपाल
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री
गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने
गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने
कोरोनाका भाइरसको शंकास्पद बिरामी अस्पतालबाट भागे
कोरोनाका भाइरसको शंकास्पद बिरामी अस्पतालबाट भागे
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणको राजनीतिक अर्थ के?
महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

तपाईंले छुटाउनुभयो कि?