लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
लागू-औषध सहित २ जना पक्राउ,अर्को घटना मा डुबेर १ बालक को मृत्यु

सारांश

  • गाईघाट १८,भदौ।
  • उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ स्थित लालपत्ता नाकामा प्र.
  • स.

गाईघाट १८,भदौ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ स्थित लालपत्ता नाकामा प्र.स.नि.घनश्याम पोखरेल को नेतुत्व को चेकजाच टोलीले  सोमबार लागू-औषध सहित २ जना पक्राउ परेका छन् ।

सोमबार दिउँसो ३:२० बजे कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको ना ५ ख ७९१८ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार उदयपुर जिल्ला त्रियुगा नगरपालिका-११ बस्ने वर्ष २२ को हरीशचन्द्र चौधरी र त्रियुगा नगरपालिका-१२ बस्ने वर्ष २१ को महेश बोटको साथबाट लागू-औषध डाईजेल्याब-२ एम्पुल, लुपिजेसिक-२ एम्पुल र फेनारगन-२ एम्पुल बरामद गरेको जिल्लाप्रहरी कार्यालय उदयपुर काडीएसपी मेघराज अधिकारी ले बताए।

त्यसै गरी  उदयपुर जिल्लाको कटारी नगरपालिका-२ स्थित तावा खोलामा डुबेर सोमबार दिउँसो १ बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ बस्ने विनोद कुँवरको डेढ वर्षीया छोरा ऋषी कुँवर रहेका छन् । सोमबार दिउँसो १२ बजे घर नजिकै खेल्ने क्रममा बालक खोलामा डुबेपछि स्थानीयले उनलाई उद्दार गरी उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको हो ।

(https://hopeclinical.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?