भेनेजुएलाली तेलमाथि प्रतिबन्धः अमेरिका

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
४२ पटक हेरिएको
Shares
भेनेजुएलाली तेलमाथि प्रतिबन्धः अमेरिका

सारांश

  • वासिङ्टन, १५ बैशाख ।
  • भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ ।
  • बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो ।

वासिङ्टन, १५ बैशाख । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ ।बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो ।

संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला पीडीभीएसएवा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेहरुमाथि कार्यबाही गर्नेछ ।

राष्ट्रपति मदुरोलाई विस्थापित गरी विपक्षी नेता हुँवा गुएइदोलाई राष्ट्रपतिमा स्थापित गर्ने अमेरिकी ट्रम्प प्रशासनले स्पष्ट गरिसकेको छ । विपक्षी नेता गुएइदोलाई अमेरिका, युरोपेली मुलुकहरु सहित अधिकांश दक्षिण अमेरिकी देशहरुको समर्थन छ ।

सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो । अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो तेलको ग्राहक मुलुक हो ।आइतबारदेखि प्रतिबन्ध लागू हुने भएपनि संयुक्तराज्य अमेरिका र भेनेजुएलाबीचको तेल व्यापारमा केही महिनादेखि तिब्र रुपमा कमी आइसकेको छ, अन्तर्राष्ट्रि कानुनका विज्ञ मारिआनो डी अल्बाले बताउनुभयो ।

तर पनि प्रतिबन्धको असर भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ । भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ ।

ऊर्जा खपतमा अग्रणी मानिएको भारत सन् २०१७ मा तेस्रो ठूलो आयातकर्ता मुलुक हो । पहिलो र दोस्रो स्थानमा संयुक्तराज्य अमेरिका र चीन रहेका छन् ।तर भारतीय कम्पनीहरुले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन् । मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन् ।

इरानबाट तेल खरिद गर्न रोकिएसँगै विश्व बजारमा तेलको मूल्यवृद्धि हुन थालिसकेको छ ।भेनेजुएलाको लडखडाएको अर्थतन्त्रमा तेल नै जीवनरक्षक हो । भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
बौद्धको तिलौरी र टुँडाल कसले चोर्यो ?
बौद्धको तिलौरी र टुँडाल कसले चोर्यो ?
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने  !
पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने !
दूध संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डीडीसी: साउनभित्र सम्पर्कमा नआउने फार्म र सहकारीबाट दूध नकिन्ने
दूध संकलन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डीडीसी: साउनभित्र सम्पर्कमा नआउने फार्म र सहकारीबाट दूध नकिन्ने
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
छैठौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७४ मा यस्ता छन् ३७ विधाका उत्कृष्ट पाँच
साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
साविक विजेता फ्रान्स क्वाटरफाइनलमा
मनकारी परिवार, एउटै परिवारबाट ३० लाख सहयोग
वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)
वाइडबडीबारे सार्वजनिक सुनुवाई : कसले खायो ४ अर्व ? (भिडियोसहित)
What Do You Need Real -mail Order Brides to be To Develop into?