नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
३५ पटक हेरिएको
Shares
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती

सारांश

  • काठमाडौँ, ११ वैशाख ।
  • एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ ।
  • थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

काठमाडौँ, ११ वैशाख । एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो ।

नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ तथ सुवास ऐरले ११ रन जोडे । बलिङतर्फ मलेसियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । १४२ रनको विजय लक्ष्य पच्छाएको मलेशिया अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

(https://bolivarescapes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?