कस्ताे अच्चम्म्: सुत्दा ३२ बर्ष तर उठ्दा १५ बर्ष !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
कस्ताे अच्चम्म्:  सुत्दा ३२ बर्ष तर उठ्दा १५ बर्ष !

सारांश

  • एक बिहान नाओमी ज्याकब्स उठिन् र उनले आफू को हुँ भन्ने कुरा सम्झन सकिनन् ।
  • यो घटना सन् २००८ को अप्रिल महिनामा बेलायतको म्यानचेष्टर शहरको सानो घरमा घटेको थियो ।
  • यो घटनाले उनी स्वयं अचम्मित महसुस गरिन् ।

एक बिहान नाओमी ज्याकब्स उठिन् र उनले आफू को हुँ भन्ने कुरा सम्झन सकिनन् । यो घटना सन् २००८ को अप्रिल महिनामा बेलायतको म्यानचेष्टर शहरको सानो घरमा घटेको थियो । यो घटनाले उनी स्वयं अचम्मित महसुस गरिन् ।  उनी वास्तवमा ३२ वर्षकी महिला थिइन् तर जब उनी बिहान उठिन्, उनले आफूलाई १५ वर्षकी किशोरी महसुस गरिन् । यो घटना सन् २००८ को अप्रिलमा घटेको भए पनि नाओमीले १९९२ महसुस गरिन् ।  ‘सुरुको केही सेकेण्ड त मैलै यसलाई सपना भन्ठानें तर यो एउटा नराम्रो सपना थियो । म रहेको कोठा पनि नौलो लागिरहेको थियो,’ उनले भनिन् ।

‘मलाई सम्झना छ कि मैले देखेको पहिलोे चिज पर्दा थियो र त्यो पर्दा पनि नौलो लागिरहेको थियो । आलमारी, आफू सुतेको ओच्छ्यान, कोठा सबै अनौठा लागिरहेका थिए । मैले आफ्नो शरीर देखें, मैलै पाइजामा लगाएको थिएँ जुन मैले यो भन्दा अघि कहिले पनि देखेको थिइनँ ।’ ‘मैले ऐनामा हेर्दा मेरो अनुहार अर्कै थियो । मेरो अनुहार पहेंलिएको र बढी उमेरको देखिएको थियो । जब मैले पहिलो पटक ठूलो ठूलो आवाजमा कुरा गरें तब मेरो घाँटीबाट आएको आवाज अलग लागिरहेको थियो ।’

‘मलाई आफू १५ वर्षकी किशोरी महसुस भैरहेको थियो । मेरा सबै भावना १५ वर्षकी किशोरीको जस्तो थियो र मलाई यो सन् १९९२ साल हो जस्तो लागिरहेको थियो । तर याे समय सन् १९९२ नभर्इ सन् २००८ थियो । उनि १५ वर्षकी नभई ३२ वर्षकी थिइन् । नाओमीले बिहान उठ्दा आफ्नो पछिल्लो १५ वर्षको सबै स्मरणशक्ति गुमाईसकेकी थिइन् । उनी १९९० को दशकमा थिइन् भने अब उनलाई २१ अाैँ शताब्दीको जीवन, प्रविधि, संस्कृति तथा समाचारहरुको सामना गर्नु थियो । उनले अहिलेको समयलाई जुन समय ठानेकी थिइन्, त्यतिबेला इन्टरनेट, सामाजिक सञ्जाल र स्मार्टफोन केही पनि थिएन ।

यतिमात्र नभएर उनको सोचाइ अनुसार यतिबेला दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको स्वतन्त्रता आन्दोलन अझै जारी थियो । इराकमा सद्दाम हुसेन सत्तामा थिए भने बेलायतमा राजकुमारी डायना ज्यूँदै थिइन् र उनका प्रशंसक बढ्दै थिए । यो बेला अमेरिकामा कुनै अश्वेत व्यक्तिले व्हाइट हाउसमा पुग्ने इच्छा राख्नु सपना सरी नै थियो । नाओमी सम्झिन्छिन्, ‘ वाह, मलाइ विश्वास नै लागेको थिएन । मैले कहिल्यै सोचेकि थिइनँ कि म आफ्नाे जिन्दगीमा यस्तो पनि देख्ने छु, सुरुमा त मलाइ यो ठट्टाजस्तै लागेको थियो, ओबामा भन्ने मान्छे को हो, के यो साँच्चै हो र जस्तो लागेको थियो । ’ तर उनलाई आफू लियो नाम गरेका एक १० वर्षे बालककी आमा थिइन् भन्ने कुरा विश्वास दिलाउनु सबैभन्दा गाह्रो कुरा थियो ।

‘सुरुको २४ घण्टा त मेरो बच्चा पनि छ भन्ने कुरा विश्वास नै गर्न सकिनँ । मेरो बच्चा मुस्कुराउँदै कक्षाबाट बाहिर आइरहेको थियो तर म भने उसलाई एकटकले हेरिरहेको थिएँ ।’नाओमी १५ वर्षकी हुँदा पत्रकार वा लेखक बन्न, विश्व घुम्न र ठूलो घरमा बस्ने चाहना राख्थिन् । तर अहिले उनले आफू एकल आमा थिइन् जो सरकारले दिएको खर्चबाट आफू र आफ्नो बच्चाको ज्यान पालिरहेकी थिइन् । उनी अहिले मनोविज्ञान पढिरहेकी थिइन् जुन पढ्नेबारे १५ वर्षे नाओमीले सोचेकी पनि थिइनन् ।

ओच्छ्यानमुनि फेला पर्यो रहस्यकाे जवाफ

उनी डाक्टरकहाँ गइन् । तर डाक्टरले न त उनलाई सहायता गर्यो न विश्वास नै । त्यसैले आफूलाई कसरी जाति बनाउने भन्ने कुरा आफैैंले पत्ता लगाउनु थियो ।‘म आफ्नो स्मरणशक्ति फिर्ता ल्याउने कोशिश गर्दै थिएँ । मलाइ पत्ता लगाउनु थियो कि म कसरी यस्तो कसरी भयो, म कसरी यस्तो अवस्थामा पुगें ।’ उनकी बहिनी सिमोन र केटी नाम गरेकी साथीका अनुसार नाओमी किशोर अवस्थामा थुप्रै पत्रपत्रिकामा लेखहरु लेख्ने गर्थिन् । ती पत्रपत्रिका अझै पनि घरमै कतै हुनुपर्छ । केहीबेर खोजेपछि उनको ओच्छ्यानमुनि पत्रपत्रिकाले भरिएको बाकस फेला पर्यो जसमा उनले खाेजिरहेकाे आफ्नो पछिल्लो १६ वर्षको सबै कुराको जवाफहरु थिए । उनी लागुऔषध दुर्व्यसनी थिइन् र त्यसकै कारण घरबारविहीन भएकी थिइन् ।

‘कुनै समय मेरो राम्रो चलेको व्यवसाय थियो तर पछि केही कारणले म गलत बाटोमा लागें । मेरो व्यवसाय गयो, घरबार गयो । मलाई लागुऔषधको समस्या थियो । ’‘म घरबारविहीन भएँ, मेरो व्यवसाय टाट पल्टियो र त्यो बेला मलाई आफूलाई बाइपोलार डिस्अर्डर भएको थाहा भयो ।’

तर पत्रपत्रिकामा भने कुरा अर्कैै थियो । ‘मैले ती पत्रपत्रिकामा बाल्यकालमा मेरो यौन शोषण भएको रहेछ जसलाई मैले ६ वर्षदेखि २५ वर्षको उमेरसम्म मनमै लुकाएर राखेको रहेछु । यो थाहा पाएपछि सबै कुरा बदलियो । ’

उनी १५ वर्षकी हुँदा के भएको थियो ?

नाओमी भन्छिन्, ‘धेरै तनाव थियो, मेरो परिवार छरपष्ट भयो, मेरा सौतेनी बाबुले हामीलाई छोडिदिए । मेरो आमासँग मेरो सम्बन्ध तोडियो । ’ पत्रपत्रिकाका अनुसार उनकी आमाको रक्सीको कुलत थियो र आमाछोरीबीच खुब झगडा हुन्थ्याे । एकिदन अामासँग ठूलाे झगडा भएपछि नाओमीले आत्महत्या गर्ने प्रयास गरिन् ।

वास्तवमा भएको के थियो ?

नाओमीलाई ३ वर्षपछि आफ्नो जीवनमा के भएको थियो भन्ने कुरा थाहा भयो ।

‘मैले एउटा राम्रो मनोचिकित्सकलाई भेटेर मेरो जिन्दगीमा भएका सबै कुरा बताएँ । उनले धेरै अनुसन्धान गरेपछि मलाई डिसोसिएटिभ एमनिजया नामको रोग लागेको खुलासा गरिन् ।’ यो एक दुर्लभ प्रकारको एमनिजया हो । याे एक प्रकारकाे मानिसक राेग हाे ।  यसमा राेगीकाे स्मरणशक्ति, पहिचान, साेच्ने तरीका, चेतना अादि गुम्ने गर्दछ । अहिले भने उनले स्मरणशक्ति गुमाएको नभइ गम्भीर तनावका कारण उनको दिमागमा झट्का लागेको थियो । रोग पत्ता लागेपछि नाओमीले ‘द फरगटन गर्ल’ भन्ने किताब पनि लेखेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
‘संसद्मा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्छ’ : बिजुक्छेँ
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
सरकार कुरा बुझेरै अगाडि बढेको छ : प्रम ओली
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
अमेरिकी उपराष्ट्रपति जेरुसेलम पुग्नासाथ दिएको विवादास्पद बयान चर्चामा
सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
सन्नी लियानीले डान्स गरेको नेपाली गीत सार्वजनिक (भिडियो सहित )
कांग्रेसका तीन नेता देश दाैडाहामा
कांग्रेसका तीन नेता देश दाैडाहामा
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश
शहीद दिवशमा अध्यक्ष केपी ओलीको सन्देश
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
सरकारी खर्चमा मितव्ययिताको प्रश्न, कुन शीर्षकमा कति खर्च कटौती ?
सरकारी खर्चमा मितव्ययिताको प्रश्न, कुन शीर्षकमा कति खर्च कटौती ?
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा
ओलीलाई भेट्न पुगे कमल थापा, विपक्षीको बैठकमा चलिरहँदा