१० वर्षपछि पपस्टार माइकल ज्याक्सनबारे खुल्यो यस्तो रहस्य
सारांश
- पप स्टार माइकल ज्याक्सनको निधन भएको १० वर्ष पूरा भएपछि उनका बारे नयाँ रहस्य खुलेको छ ।
- उनको कपालमा रौं नभएको रहस्य खुलेको हो ।
- ज्याक्सन आफ्नो सानदार हेयरस्टाइलका कारण पनि लोकप्रीय थिए ।
पप स्टार माइकल ज्याक्सनको निधन भएको १० वर्ष पूरा भएपछि उनका बारे नयाँ रहस्य खुलेको छ । उनको कपालमा रौं नभएको रहस्य खुलेको हो । ज्याक्सन आफ्नो सानदार हेयरस्टाइलका कारण पनि लोकप्रीय थिए । ज्याक्सनको रहस्यमयी मृत्युबारे छानविनमा सहभागी गुप्तचर स्कट स्मिथले उक्त खुलासा गरेका हुन् ।
ज्याक्सन आफ्नो सानदार कपालका कारण चर्चित थिए । उनको स्टाइलिस कपाल फेशनको दुनियाँमा चल्थ्यो । सन् २००९ मा अत्याधिक औषधी सेवनबाट ज्याक्सनको मृत्यु भएको थियो । घटना अझै रहस्यमय नै छ । उनका व्यक्तिगत चिकित्सक कोनराड मुरेमाथि बढी औषधी सेवन गर्न लगाएको आरोप लागेको थियो ।
करिष्माको होस उडाउने तस्विर
मुम्बई। बलिउड अभिनेत्री करिश्मा कपुरले केही दिन अगाडि आफ्नो ४५ औं जन्म दिन मनाइन्। उनले जन्म दिनको अवसरमा आफ्ना फ्यानकालागि एक खास तस्वीर शेयर गरेकी छन्। जुन तस्वीर लाखौं पटक हेरिएको छ। आफ्नो ४५ औं जन्म दिनकाको अवसरमा करिश्माले कालो मोनोकोनीलगाएर खिचिएको एक तस्वीरमा आफ्नो उमेरलाई चुनौती दिएकी छन्।
करिश्माले केही दिन अगाडि आफ्नो जन्मदिन आफ्नी आमा बबीता र बहिनी करीनासँग लन्डनमा मनाएकी थिइन्। इन्स्टाग्राममा शेयर भएको तस्वीरमा करिश्मा समुद्र किनारको एक स्वीमीङ पूलमा पोज दिइरहेकी छन्। तस्वीर शेयर गर्दै करिश्माले लेखेकी छन्–हरेक उमेरमा आफूलाई माया गर्नुस्।’ पछिल्लो समय करिश्मा फिल्मी क्षेत्रबाट टाढा भएपनि उनी समाजिक संजालमा भने निकै सक्रिय रहन्छिन्।
यस्तोमा समाजिक संजालमा भाइरल एउटा तस्वीरमा उनी आफ्नो भदाहा तैमुर अली खान र बहिनी करिना कपुरसँग देखिएकी छन्। यो तस्वीरमा करिश्माका फ्यानले निकै मन पराएका छन्।
प्रतिक्रिया