बलात्कारी बचाउनेलाई प्रवल जनसेवाश्री पदक

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बलात्कारी बचाउनेलाई प्रवल जनसेवाश्री पदक

सारांश

  • काठमाडौं, २० भदौ ।
  • प्रेमी र उनका साथी मिलेर इटहरीको तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना “गुपचुप”मा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले “प्रवल जनसेवा श्री” पदक प्रदान गरेको छ ।
  • प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार “प्रवल जनसेवाश्री” पदक प्रदान गरिएको हो ।

काठमाडौं, २० भदौ । प्रेमी र उनका साथी मिलेर इटहरीको तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना “गुपचुप”मा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले “प्रवल जनसेवा श्री” पदक प्रदान गरेको छ । प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीलाई मंगलबार “प्रवल जनसेवाश्री” पदक प्रदान गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुराएका व्यक्तित्वलाई विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी हुन् । यसैक्रममा एसपी माझी पनि “प्रवल जनसेवा श्री”बाट विभूषित भएका हुन् । एसपी माझी अहिले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख हुन् ।

पुस–१६ गते इटहरीकै वडा नं. २ मा १६ बर्षीया बालिका बलात्कार गरेको घटना “गुपचुप” मा मिलापत्र गरेकोमा घटना भएको १ महिनापछि छानबीन भएको थियो । एसपी माझी सुनसरी जिल्ला प्रहरी प्रमुख हुँदा माघ २३ गते निलम्बनमा परेका थिए ।

तत्कालीन प्रहरीको प्रदेश नं. १ का एआइजी पशुपति उपाध्यायले संघीय प्रहरी एकाइ धरानका तत्कालीन एसएसपी हरिबहादुर पालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन गरिएको थियो । छानबिन समितिको सिफारिसअनुसार, तत्कालीन सुनसरी प्रहरी प्रमुख एसपी माझी र इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर चिरञ्जीवी दाहाललाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

निलम्बन गरेको तीन महिनापछि प्रहरी प्रधान कार्यालयले एसपी माझीको ग्रेड रोक्का गरेर निलम्बन फुकुवा गरेको थियो । त्यसपछि उनलाई डोटीको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । बलात्कारका घटनामा संलग्न भएको आरोपमा बालिकाका प्रेमी धरान वडा नं. ८ का ३६ वर्षीय जोकम सुब्बा र जोकमका साथी विराटनगरका मनिष भन्ने जीवन श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suraj Shrestha

    दिने नै यस्ता लाई त हो!!!
    त्यो पदक यस्तै हरुको लागी बनाइएको हो!!! अब कम्तिमा हाम्रा सुन डन गोरे दाई लाई पनि एउटा पदक दियर जेल मुक्त गरे झन मज्जा हुने थियो।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?