‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
‘जनसरकार प्रमुख’ बनिन् प्रदेश ३ को उपसभामुख

सारांश

  • प्रदेश नम्बर ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध चयन भएकी छन् ।
  • उम्मेदवारी दर्ताका लागि तोकिएको आइतवार मध्यान्ह १२ बजेसम्मको समयमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि उनी निर्विरोध भएकी हुन् ।
  • आजै दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकले तामाङलाई उपसभामुखमा औ‍पचारिकरुपमा चयन गर्नेछ ।

प्रदेश नम्बर ३ को उपसभामुखमा राधिका तामाङ निर्विरोध चयन भएकी छन् । उम्मेदवारी दर्ताका लागि तोकिएको आइतवार मध्यान्ह १२ बजेसम्मको समयमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि उनी निर्विरोध भएकी हुन् ।

आजै दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकले तामाङलाई उपसभामुखमा औ‍पचारिकरुपमा चयन गर्नेछ । उपसभामुखलाई प्रदेश प्रमुखको उपस्थितिमा सभामुखले सपथ खुवाउने छन् ।

२०४० सालमा जन्मिएकी तामाङ नुवाकोट क्षेत्र नम्बर १ ‘क’ बाट माओवादीको तर्फबाट निर्वाचित भएकी हुन् । उनी माओवादी जनयुद्धको समयमा नुवाकोट जनसरकार प्रमुख भएकी थिइन् ।

२०७०सालमा समानुपातिक सभासद् भएकी तामाङ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?