काठमाडौं आउन तयार भए डा केसी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौं आउन तयार भए डा केसी

सारांश

  • काठमाडौं, ३ साउन ।
  •   ।
  • जुम्लामा आमरण अनसनरत डा गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

काठमाडौं, ३ साउन ।  । जुम्लामा आमरण अनसनरत डा गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा विषद दहालले भने ।

युैबिच विगत २० दिनदेखि जुम्लामा अनसनरत रहेका डा। केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले बल प्रयोग गरेको छ । प्रहरीले डा केसीका समर्थकहरुमथि लाठी चार्ज गरेको हो । डाकेसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए ।

केसीका समर्थकहरुलाई तितरवितर बनाउँदै अस्पताल परिसरमा प्रवेश गरेको टोलीले डा केसीलाई हेलिकोप्टरमा हाल्ने तयारी गरेको छ । प्रहरीको टोली केहीबेर अघि प्रतिष्ठान पुगेपछि उनका समर्थक र जुम्लाका महिलाहरुले घेरा हालेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tanka Giri

    हेलिकप्टरबाट तल झारिदिनु यस्ता अपराधी नेपाललाइ आवस्यक छैन

    Comment Author

    Dipak Kharel

    हो जनताको लागि केहि गर्नु पर्छ भन्ने मानिसको काम छइन है

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?