सफल लोक आवाज २०७५ सुरु हुँदै, जेठ १९ गते पहिलो अडिसन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
सफल लोक आवाज २०७५ सुरु हुँदै, जेठ १९ गते पहिलो अडिसन

सारांश

  • कास्की, ४ जेठ ।
  • लोक गीत गाउन सक्ने प्रतिभा भएकाहरुलाई लक्षित गरी सफल लोक आवाज २०७५ हुने भएको छ ।
  • गायन कला भएर पनि विभिन्न कारणले ओझेलमा परेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यसहित सफल फिल्मस र एसएमजी म्युजिक प्रालिले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

कास्की, ४ जेठ । लोक गीत गाउन सक्ने प्रतिभा भएकाहरुलाई लक्षित गरी सफल लोक आवाज २०७५ हुने भएको छ । गायन कला भएर पनि विभिन्न कारणले ओझेलमा परेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यसहित सफल फिल्मस र एसएमजी म्युजिक प्रालिले संयुक्तरुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

सफल लोक आवाजमा सबै उमेर समूहका व्यक्तिहरुले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक सुवास गुरुङले बताए । गुरुङले लोक गायन कला भएका प्रतिभावान व्यक्तिहरुले यही जेठ १५ गतेसम्म फारम भर्न सक्नेछन् ।

“नेपाली कला र संस्कृतिको संरक्षण, लोपोन्मुख गीत संगीतको उजागर र नयाँ प्रतिभाको खोजी अभियान” भन्ने नारासहित सुरु हुन लागेको कार्यक्रमका लागि पोखरा लेखनाथ महानगरपालिकास्थित तालचोकमा रहेको रेडियो लेकसिटीमा अडिसन लिने ब्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
आयोजकले यही जेठ १९ गते अडिसन हुने र प्रतियोगीहरुले एकल गीतद्वारा अडिसन दिनुपर्ने जानकारी दिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३० हजार, द्वितीय हुनेलाई नगद रु २० हजार, तृतीय हुनेलाई नगद रु १० हजार र सान्त्वनालाई नगद रु ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने संयोजक गुरुङले जनकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?