निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट

सारांश

  • काठमाडौं, २२ भदौ ।
  • नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हिजो पत्रकारहरु निरंकुश तानाशाह ज्ञानेन्द्र विरुद्ध लडेको तर अहिले धेरै टोले राजा महाराजाहरु बन्न खोजेको बताएका छन् ।
  • मुलुकी संहिताका केही प्रावधानहरुको संशोधनको माग राखी महासंघले शुरु गरेको सांकेतिक विरोध कार्यक्रमको पहिलो चरणको अन्तिम दिन नयाँ बानेश्वरमा आयोजित सांकेतिक विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव विष्टले त्यस्तो धारणा राखेका हुन् ।

काठमाडौं, २२ भदौ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हिजो पत्रकारहरु निरंकुश तानाशाह ज्ञानेन्द्र विरुद्ध लडेको तर अहिले धेरै टोले राजा महाराजाहरु बन्न खोजेको बताएका छन् । मुलुकी संहिताका केही प्रावधानहरुको संशोधनको माग राखी महासंघले शुरु गरेको सांकेतिक विरोध कार्यक्रमको पहिलो चरणको अन्तिम दिन नयाँ बानेश्वरमा आयोजित सांकेतिक विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव विष्टले त्यस्तो धारणा राखेका हुन् ।

“हामी पञ्चायतकालदेखि नै पूर्ण प्रेस स्वतन्त्रताका लागि लड्दै आएका छौं”, महासचिव विष्टले भने, “२०६२÷०६३ को जनआन्दोलनमा पनि अग्रभागमा रहेर ज्ञानेन्द्रको निरंकुशताविरुद्ध सडकमा ओर्लियौं । फलतः संविधानको मौलिक हकमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी पनि भयो । तर, यहाँ संविधानसँगै बाझिने गरी नयाँ ऐनकानुनहरु ल्याएर टोले राजा र महाराजा बन्न खोजिँदैछ । यी टोले राजा र महाराजाहरुसँग पनि हाम्रो सम्झौताहीन लडाईँ जारी रहन्छ ।”

वैयक्तिक गोपनीयताको हकको बहानामा नेपालको संविधानसँगै बाझिने कानुन ल्याइएको र यसको संशोधन नहुँदासम्म महासंघको आन्दोलन जारी रहने महासचिव विष्टले बताए । मुलुकी संहिताका कतिपय प्रावधानहरुले सञ्चारकर्मी तथा आम जनताको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हरण गर्न खोजिएको बताउँदै यसलाई तुरुन्तै संशोधन गर्न माग गरे ।

प्रदर्शनस्थलमा महासंघका उपाध्यक्ष दिलीप थापामगर, नेपाल प्रेस संगठनका विष्णु सापकोटा, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिबाकोटी, रिपोर्टर्स क्लवका ऋषि धमला, लोकतान्त्रिक छापामाध्यम संघका दामोदर दवाडी, फोटो पत्रकार संघका विकास कार्की, पत्रकार महासंघको प्रतिष्ठान शाखाको तर्फबाट एभिन्युज टेलिभिजन शाखाका बीबी बस्नेत, महासंघका काठमाडौं शाखा अध्यक्ष शान्तराम बिडारी, वातावरण पत्रकार समूहका अर्जुन ढकाल, मधेसी पत्रकार संघका मोहन सिंह, प्रेस सोसाइटीका केशव अर्याल, क्रान्तिकारी पत्रकार महासंघका सागर श्रेष्ठ, पत्रपत्रिका अधिकार मञ्चका देवेन्द्र चुँडाल, सम्पादक समाजका पुरु रिसाल लगायतले महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी ल्याइएको मुलुकी संहिता तत्काल संशोधन हुनुपर्ने माग गरेका थिए । कार्यक्रमको सहजीकरण महासंघका सचिव रामप्रसाद दाहालले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
तेह्र वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल
तेह्र वर्षपछि गाउँमा रिङ्रोडसहितको सडक सञ्जाल
दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’
दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
अंग्रेजी भाषामा निर्माण भएको नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !
सांसद उत्तरकुमार ओलीका स्वकीय सचिवकाे घरमा प्रहरीकाे छापा !
Apple engineer ‘fired’ over early iPhone X leak
Apple engineer ‘fired’ over early iPhone X leak
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै
मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश

तपाईंले छुटाउनुभयो कि?