भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

सारांश

  • काठमाडौँ, ३ चैत : राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् ।
  • सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गरे ।
  • नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गरे ।

काठमाडौँ, ३ चैत : राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले सुकुम्बासी आयोग बनाइए पनिसमस्या ज्यूँका त्यूँ रहेको जनाउँदै सम्बन्धित मन्त्रीको जवाफ माग गरे ।

नेकपाका खिमलाल भट्टराईले नेपालको भूमिसम्बन्धी समस्या लामो समयसम्म समाधान हुन नसकेको बताउँदै भूमिहीनका समस्यालाई समाधान नभएसम्म समाजवाद आउन नसक्ने ठोकुवा गरे । नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा पार्टीले धर्म्निरपेक्षता र गणतन्त्रविरुद्ध आवाज उठाइरहेको भनी सदन र सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “महिनौँदेखि संवैधानिक परिषद् र मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन, जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन्, भ्रष्टाचार मौलाएको छ, महँगी, कालोबजारी बढ्दै गएको छ ।” सांसद चक्रप्रसाद स्नेहीले वर्तमान निर्वाचन प्रणालीले गर्दा नै देशमा भ्रष्टाचार मौलाएको र देश धराशायी बन्दै गएको आरोप लगाउँदै संविधान संशोधन गरेर भए पनि प्रत्यक्ष निर्वा्चित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने माग गरे ।

सांसद इन्दु कडरियाले भारतका कारण सिमानामा नेपाली जनताले भोग्नुपरेको समस्या समाधान गर्न संसद् र सरकारको ध्यानाकर्षण गराए । सांसद मृगेन्द्रकुमार सिंह यादवले ठेकेदारको लापरवाहीले हुलाकी राजमार्ग समयमै सम्पन्न हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए । उनले संविधानलाई संशोधन गरेर भए पनि सर्वसस्वीर्य बनाउनुपर्ने माग गरे । सांसद विमला घिमिरेले कोभिड–१९ रोक्न नेपालको तराईका जिल्लाका खुला सिमानामा कडाइ गर्नुपर्ने बताए । सांसद हरिराम चौधरीले विभिन्न जिल्लामा अवैधानिक ढङ्गले वन फडानी भइरहेको सन्दर्भ उल्लेख गर्दै प्रभावकारी अनुगमन गरी दोषीमाथि कडा कारवाहीको माग गरे । सांसद राधेश्याम पासवान र मायाप्रसाद शर्माले पछिल्लो समयमा भ्रष्टाचार बढ्दै गएको भन्दै अन्त्य गर्नुपर्नेमा जोड दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
मनसुनपछिको विपद्‍मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
स्थानिय निकायका कर्मचारी आन्दोलनमा
स्थानिय निकायका कर्मचारी आन्दोलनमा
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा
पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्चमा
पक्राउ परेका बाबुराम भट्टराईसहितका नेतालाई भृकुटीमण्डप ल्याइयो 
पक्राउ परेका बाबुराम भट्टराईसहितका नेतालाई भृकुटीमण्डप ल्याइयो 
ओली लचिलो बन्दै, एमाले विवाद रोक्न सहमतिको सुत्र बन्दै
विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !
विमान खरिद प्रकरणमा मुछिए संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री !