ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
ग्रानाडाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका, गेटाफे विजयी

सारांश

  • एजेन्सी ।
  • ग्रानाडाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
  • यसै सिजन शीर्ष डिभिजनमा उक्लिएर अविश्वमरणीय प्रदर्शन गरेको ग्रानाडाले गेटाफेको मैदानमा ३–१ को हार ब्यहोरेको छ।

एजेन्सी । ग्रानाडाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यसै सिजन शीर्ष डिभिजनमा उक्लिएर अविश्वमरणीय प्रदर्शन गरेको ग्रानाडाले गेटाफेको मैदानमा ३–१ को हार ब्यहोरेको छ।

गेटाफेका लागि एन्जलले खेलको ३५औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ४१औं मिनेटमा माउरो अराम्बारीले गोल गरेपछि गेटाफेले पहिलो हाफअघि दुई गोलको अग्रता लिन सफल भयो ।

७४औं मिनेटमा एन्टोनियो पुयर्तासले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काए । तर टिमोरले ८८औं मिनेटमा अर्को गोल गरेपछि ग्रानाडा ३–१ ले पराजित भयो ।

पराजयको बाबजुत ग्रानाडा २० अंक सहित तेस्रो स्थानमा यथावत छ । गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । ला लिगामा एइबारले भिल्लारियललाई २–१ ले हरायो । मालोर्का र ओसासुनाबीचको खेल भने २–२ गोलको बराबरीमा सकियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?