दलित पार्टीको राष्ट्रिय भेला असोजमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
दलित पार्टीको राष्ट्रिय भेला असोजमा

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ ।
  • यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

काठमाडौँ, २४ भदौ ।नेपाल दलित पार्टीको दोस्रो राष्ट्रिय भेला आगामी असोज १६ देखि पोखरामा हुने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मेघबहादुर कामीले नयाँ नेतृत्व चयन तथा राष्ट्रिय र अन्य विषयमा छलफल गर्नका लागि असोज १६ देखि १८ गतेसम्म भेला आयोजना गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले दलितका विषय उठाएर ठूला राजनीतिक दल सत्तामा पुगे पनि दलितले परिवर्तनको कुनै अनुभूति पाउन नसकेकाले भेला दलितका अधिकारप्रति केन्द्रित हुने बताउनुभयो ।भेलाले मानवतावादी सिद्धान्तलाई लागू गर्न सरकारलाई दवाव दिने र अहिले भइरहेका बलात्कारका घटनाबारे विशेष प्रस्ताव पारित गर्ने उहाँले बताउनुभयो ।

प्रत्येक तीन तीन वर्षमा हुने भेलाले ३३ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने सचिव महेश तिरुवाले जानकारी दिनुभयो । भेलामा करीब ५०० प्रतिनिधिको सहभागिता हुनेछ । विसं २०६९ मा स्थापना भएको पार्टीले ‘मानवता, श्रमिक, समानता र लोकतन्त्र’ विषयमा आवाज उठाउँदै आएको छ । गत वर्ष सङ्घ र प्रदेश तहको निर्वाचनमा उक्त पार्टीले १० जिल्लाबाट उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
‘राजनीतिक’ यात्रामा भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे,  सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
जसपाको विधान अधिवेशन प्रचारप्रसार उपसमिति गठन
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएको अर्थमन्त्रालयको दावी
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु :  प्रधानमन्त्री
‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु : प्रधानमन्त्री
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
रोप्न नपाएपछि कृषक चिन्तित
रोप्न नपाएपछि कृषक चिन्तित

तपाईंले छुटाउनुभयो कि?