होसियार ! उपभोक्ता ठगे मुद्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
३९ पटक हेरिएको
Shares
होसियार ! उपभोक्ता ठगे मुद्दा

सारांश

  • बैतडी, मंसिर ३० ।
  • उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ ।
  • खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो ।

बैतडी, मंसिर ३० । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो ।

चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने, “दुई मुद्दाको फैसला भइसकेको छ भने दुई विचाराधीन अवस्थामा छन्, फैसला भएका मुद्दामा एक मिठाइ पसले र एक होटललाई रु पाँच÷पाँच हजार जरिवानाको फैसला भएको छ ।” फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थवाला रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै सातवटा दर्ता तयारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, “बजार अनुगमनका क्रममा २७ वटा नमूना सङ्कलन गरिएका थिए, सङ्कलित नमूनामध्ये प्रयोगशालामा परीक्षण गर्दा सातमा कैफियत रहेकाले मुद्दा दर्ताको तयारी भएको हो ।”

संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल चार व्यापारीलाई रु सात हजार ५०० जरिवाना गरिएको जनाएको छ । अनुगमन टोलीले चालु आवको हालसम्म बजार अनुगमनका क्रममा रु आठ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको जनाएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेकका अन्य स्थानीय तहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाइएको छ । अनुगमन कार्यलाई केही दिनमै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
‘मरेर लानु केनै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक
‘मरेर लानु केनै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
अनमोलले गरे यस्तो खुलासा: ‘कृ’ ले पछ्याउँदैछ ‘लिलिबिली’ लाई (भिडियोसहित)
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
आजदेखि एसईई परीक्षा, करिब पाँच लाख परीक्षार्थी सहभागी हुँदै
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयाे
आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
भक्तपुरमा भेटियो कुकुर बम, सुरक्षाकर्मीले पारे निश्क्रिय
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या