करेन्ट लागेर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२० पटक हेरिएको
Shares
करेन्ट लागेर एकको मृत्यु

सारांश

  • करेन्ट लागेर मृत्यु सिन्धुली ।
  • सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
  • करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

करेन्ट लागेर मृत्यु
सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।

गम्भीर घाइते हुनुभएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?