संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गरिने : मन्त्री बिना मगर

सारांश

  • काठमाडौं, २६ भदौ ।
  • खानेपानी मन्त्रालयले आधारभूत खानेपानीको पहुँच पुराउन तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ ।
  • खानेपानी मन्त्रालयले मंगलबार सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरुसँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।

काठमाडौं, २६ भदौ । खानेपानी मन्त्रालयले आधारभूत खानेपानीको पहुँच पुराउन तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ । खानेपानी मन्त्रालयले मंगलबार सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरुसँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकारबीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो ।

कार्यक्रमको अध्यक्षता गर्दै खानेपानी मन्त्री बिना मगरले संघ र प्रदेश सरकारबीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाइने बताइन् । मन्त्री मगरले २०३० सम्म दिगो विकासका लक्ष्यहरु पूरा गर्नुपर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौति रहेको उल्लेख गरिन् ।

मन्त्री मगरले भनिन्, “तीन वर्षभित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन निकै चुनौति छ । तीनैवटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनु पर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्दछ ।” खानेपानी मन्त्री मगरले अब छिट्टै नै सातवटै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई दुरुस्त गतिले अघि बढाइने बताइन् । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उनले आग्रह गरिन् ।

कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटोभन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरेका थिए । कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाइ थियो । खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?