एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै

सारांश

  • काठमाडौं, ३० कार्तिक।
  • एसीसी यू-१९ एसिया कपको दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ।
  • खेल नेपाली समयअनुसार ७:१५ बजे किनरारा मैदानमा शुरु हुने खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ।

काठमाडौं, ३० कार्तिक। एसीसी यू-१९ एसिया कपको दोस्रो सेमिफाइनलमा अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ।

खेल नेपाली समयअनुसार ७:१५ बजे किनरारा मैदानमा शुरु हुने खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ। प्रनिल थापा मगरका स्थानमा पवन सर्राफ खेल्ने छन।

समूह चरण पहिलो पटक पार गरेको नेपाली यू-१९ टोली र अफगानिस्तान जसले खेल जिते पनि पहिलो पटक फाइनलमा पुग्ने छ।

सन् २००७ को एसीसी यू-१९ एलिट कपबाट सुरु भएको नेपाल र अफगानिस्तानको भिडन्त रोमाञ्चक छ।

२००७ को एलिट कप फाइनलमा नेपालले अफगानिस्तानलाई ४८ रनले पराजित गरेको थियो। तर त्यसपछिको अफगानिस्तानमा धेरै परिवर्तन आइसकेको छ र नेपालको लागि कठिन चुनौती बन्दै आएको छ।

पछिल्लो पटक गत जुलाईमा सिंगापुरमा भएको यू-१९ विश्वकप छनोटको दुवै खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

सन् २००७ यता नेपाल र अपगानिस्तान यू-१९ लेभलमा ९ पटक भिडेका छन्। जसमा ३ पटक मात्र नेपालले जित हात पारेको छ भने बाँकी ६ पटक अफगानिस्तान विजयी भएको छ।

हेड टु हेड : नेपाल भर्सेस अफगानिस्तान

एसीसी यू-१९ एलिट कप

२००७ : नेपाल ४८ रनले विजयी

२००९ : नेपाल ६ विकेटले पराजित

२०११ : नेपाल ६ विकेटले विजयी समूह चरण, फाइनलमा अफगानिस्तान ६१ रनले विजयी

 

एसीसी यू-१९ प्रिमियर लिग

२०१४ : अफगानिस्तान ५ विकेटले विजयी

२०१५ : अफगानिस्तान १० विकेटले विजयी

आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायर

२०११ : नेपाल ४२ रनले विजयी

२०१७ : नेपाल १४२ रनले पराजित पहिलो लिग, नेपाल ९६ रनले पराजित दोस्रो लिग

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?