शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा

सारांश

  • नेपालको शाक्तिप्रक्रिया विश्वकै लागि मौलिक : गृहमन्त्री बादल काठमाडौँ, २७ भदौ ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् ।
  • गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए ।

नेपालको शाक्तिप्रक्रिया विश्वकै लागि मौलिक : गृहमन्त्री बादल

काठमाडौँ, २७ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् । गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको भेटमा गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए ।

राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको गृहमन्त्रीले बताए । उनले अफगानिस्तानको शान्ति प्रक्रिया नेपालका लागि पनि उदहरणीय रहेको भन्दै शान्तिप्रक्रियाको सफलताका लागि शुभेक्षा व्यक्त गरेका थिए ।

गृहमन्त्री थापाले भने, “हरेक युद्धका कारण हुन्छन्, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।” अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा साराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चाँसो राखेकी थिइन् ।

उनीहरुले नेपालको शािन्तप्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?