फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फटाहालाई शौचालयमा होइन अब जेलमै थुन्छु : मातृका प्रसाद यादव

सारांश

  • काठमाडाै, २७ वैशाख ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् ।
  • बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका हुन् ।

काठमाडाै, २७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका हुन् ।

उनले भने,‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढि यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन्, अहिले व्यवसायीहरुले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं किनकी अब ज्यानमारा सिण्डिकेट अन्त्य भएको छ।’

मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए । उनले भने,‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्छ भनेकोले सरकार सोही अभियानमा लागेको उनको भनाई थियो ।

उनले थपे,‘हामी भ्रष्टाचार सहँदैनौं, हुन त नारा दिन सजिलो छ, तर यसलाई व्यवहारमा उतार्न गाह्राे  हुँदो रहेछ।’ उनले नेपालमा अब कुनैपनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए ।

पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने,‘नेपाल आयल निगममार्फत सरकारले नै पेटो«लियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन्, तरपनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं।’

नेपालमा खुल्ला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योगहरु बेचेर खाएको उनको आरोप छ । पूर्वअर्थमन्त्री डा रामशरण महतप्रति लक्षित गर्दै मन्त्री यादवले भने,‘जसको अर्थ नीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भयो उनै व्यक्तिलाई बेष्ट फाईनान्स मिनिष्टर भनेर अवार्ड दिए, अहिले उत्कृष्ट अर्थमन्त्री भनेर मुल्यांकन गर्नेहरु नेपालको अर्थतन्त्र ध्वस्त भयो भनेर मज्जा लिईरहेका छन्।’

आफ्नो नेतृत्वको मन्त्रालय मातहातका क्षेत्रभित्र रहेका सिण्डिकेटहरु तोड्न आफू लागिपरिरहेको मन्त्री यादवको भनाई छ । विराटनगर जुट मिल अहिले रुघ्न अवस्थामा रहेको उल्लेख गर्दै उनले भने,‘जुट मिलमा रहेका मेशिनहरु बोक्न सक्नेजति बोकेर नसक्नेजति ट्रकमा हालेरपनि सामानहरु चोरिएका छन्, सञ्चालक समितिका एक सदस्यलाई सोध्दा कहाँ चोरी हुन्छ भनेर जवाफ दिन्छ, किनकी अहिले सरकारी सम्पत्ति लुट्ने मानसिकता छ नि।’

यी सबै समस्याहरुको हल गर्नको लागि एउटा सशक्त न्यायिक छानबिन समिति गठन गरिनेपनि उनले जनाए । ‘विभिन्न क्षेत्रमा भएका हिनामिनाहरुलाई छानबिनको दायरामा ल्याउनको लागि र कारबाही गर्न हामी तयार छौं।’–उनको चेतावनी थियो ।

बन्द रहेका उद्योग तथा कलकारखानाहरुलाई सरकारले सञ्चालन गर्ने विश्वास दिलाउँदै उनले सरकारले कुनैपनि उद्योग धन्धाहरु नबेच्ने स्पष्ट पारे । उनले भने,‘जनताले सरकारले उद्योग चलाउँछ भन्ने विश्वासमा सस्तोमा जग्गा दिएका हुन नि, तर अहिले प्लटिङ भैरहेका छन्, अब त्यस्तो हुँदैन्, हामी चाहान्छौं अब आउने नीति तथा कार्यक्रममा पनि यसबारेमा यथेष्ट कुराहरु आउँछन्।’

उनले बन्द रहेका सरकारी उद्योगधन्धाहरु सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँगपनि सहकार्य गर्ने बताए । त्यस्तै मजदुरलाईपनि लगानीको लागि आह्वान गर्ने जसले गर्दा उनीहरुलाई पनि आफ्नो भन्ने अपनत्व हुने उनको विश्वास छ ।

यद्धपी उनले यसबारेमा अहिले छलफलमात्रै भएकोले ठोस निर्णय भैनसकेको जिकिर गरे । मन्त्री यादवले नेपाल आयल निगमसँग तेलको भण्डारण गर्ने क्षमता नरहेको बताउँदै अब आफूले भण्डारण क्षमता बढाउनेगरि काम थालेको बताए ।

उनले भने,‘नीति तथा कार्यक्रममा यी सबै विषयमा कुराहरु आउँछन्, अहिले हामी छलफलको चरणमा छौं।’ उनले अब आउने नीति तथा कार्यक्रममा ‘रोजगारको लागि उत्पादन’ भन्ने नारा राख्नेबारेपनि छलफल भैरहेको अग्रिम जानकारी दिए ।

उनले नेपालको व्यापार घाटा घटाउनको लागि सरकारले उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘अल्लो, अदुवा, अलैंची र पस्मिनाजस्ता उत्पादनहरु हाम्रो ब्राण्ड हुन्, यीनीहरुको मार्केट बढाउनुपर्छ।’–उनले थपे।

तिलगंगा आँखा अस्पतालले नेपालमै लेन्स उत्पादनको काम गरिरहेकोले सरकारले दश करोड रुपैयाँ सहयोग प्रदान गरेको बताउँदै मन्त्री यादवले भने,‘नेपालमा सियोपनि उत्पादन हुँदैन भन्ने थियो, तर यहाँ लेन्स उत्पादन भैरहेको छ, यो कुरा कसैलाईपनि थाहा छैन, अब हामीले स्वदेशी उत्पादनहरुलाई निर्यात गरेर विदेशी उत्पादनहरुको आयात कम गर्नुपर्छ।’

उनले नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा जान रहर नभएको भन्दै अब स्वदेशमै आकर्षण पैदा गर्नेगरि सरकारले काम गर्ने जनाए । यद्धपी उनले छु मन्तर भनेजस्तो रातारात हुने काम नभएको स्पष्ट पारे । उनले भने,‘हामी मुलुकमै युवाहरुलई रोजगारी दिलाउनेगरि काम गर्छौं, तर समय लाग्छ, स्टेपवाईज काम हुन्छ।’

सस्तोमा श्रम बेच्ने र महँगोमा किन्ने काम भैरहेकोप्रति उनको दुखेसो थियो । उनले भने,‘अब यस्तो हुनुहुँदैन, सस्तोमा श्रम बेच्ने र महँगोमा किन्नेको खैरियत छैन्।’ उनले क्षमता अभिवृद्धिको लागि स्कुल खोल्नेपनि तयारी भैरहेको जनाए ।

नेपालमा अहिले पेट्रोलियम पदार्थको मुल्य भारतभन्दापनि कम रहेकोले विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय परिस्थिति बुझिदिनको लागि समेत उनले आग्रह गरे । उनले भने,‘हामी कुनै पनि चीज लुकाउने पक्षमा छैनौं, म सबै कुरामा खुल्ला छु।’

मन्त्रालयले अनुगमन गरेन कि भनेर अहिले चर्चा भैरहेकोप्रति टिप्पणी गर्दै उनले भने,‘अहिलेपनि अनुगमनको काम भैरहेको छ, तर प्रचार कम छ, हिजोको जस्तो चर्चा चाहीँ छैन, तर काम भैरहेको छ।’

उनले कालोबजारीयाहरु ऋहिले शान्त रहेको पनि बताए । उनले भने,‘कालोबजारीयाहरु ऋहिले शान्तमात्रै होईन, सलबलाउने र चलबलाउनेपनि गरेका छैनन्, मन्त्रीलाई कसरी किन्न सकिन्छ भनेर उनीहरु सोचिरहेका होलान्, तर त्यस्तो कदापी हुँदैन्।’

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Suresh Adhikari

    Rajendra mahato jo nepaly nagarikta bokera bodarpati bata dhunga hane laipani ho

    Comment Author

    यादब राजगुरु सल्यानि

    सहीकूरा सलाम छ मन्त्री ज्यूलाई

    Comment Author

    Hari Krishna Dahal

    Rajniti grne/ netaharu lae chahi j gare ni xut dine hoh… yo ganatanra vanya….???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?