पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पर्यटन प्रवद्र्धनको लागि मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स हुने

सारांश

  • काठमाडौ ।
  • म्यानमारको फे्रन्चाईस सौदन्र्य प्रतियोगिता मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स २०१८ नेपालमा हुने भएको छ ।
  • प्लानेट मल्टीमिडिया प्रा.

काठमाडौ । म्यानमारको फे्रन्चाईस सौदन्र्य प्रतियोगिता मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स २०१८ नेपालमा हुने भएको छ । प्लानेट मल्टीमिडिया प्रा.लीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि टुरिजम एण्ड कल्चर युनिभर्स प्रतियोतिाका आयोजना गर्न लागेको हो ।

 

नेपालमा हुने भ्रमण बर्ष २०२० लाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । सातै प्रदेशको नौ शहरमा अडिसन हुदै छ । काठमाडौ , पोखरा, धनगढी, दमक ,सुर्खेत, चितवन ,बुटवल , नेपालगन्ज र लाहानमा छिट्टै अडिसन हुदैछ ।

 

नेपालको हरेक प्रदेशको पर्यटन र संस्कृति झल्कने गरी यस कार्यक्रम देशको ९ ठुला शहरमा आयोजना हुने जनाएको छ । यस सौन्दर्य प्रतियोगितामा १८ देखी २८ महिला र १८ देखी ३५ बर्ष उमेर समुहका पुरुषले सहभागी हुन पाउने छन ।यस कार्यक्रमले नेपालको पर्यटन एवं मौलिकसंस्कृति बिश्वसामु चिनाउनु थप टेवा पुग्ने आयोजकको विश्वास छ ।

 

विजेताहरूले म्यानमारमा हुने विश्वव्यापी कार्यक्रममा सहभागी जनाउन पाईनेछ । प्रतियोगितामा ४० भन्दा बढी देशहरु सहभागी रहने जनाएको छ ।

OnlineFormeg{sfnflu https://docs.google.com/forms/d/1LGYU_no2a2b0logTFghFZ3MVN1gk89ysDbtwGz1wo1Q

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?