पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता

सारांश

  • उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्व डिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
  • उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमा बढुवा भएका थिए ।

उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्व डिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमा बढुवा भएका थिए । गतबर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो ।

उनी ०३७ वैशाखमा १८ बर्ष पुगेका थिए । तर, आफु १६ बर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?