सरकारकाे गियर बदल्दै प्रचण्ड !
सारांश
- काठमाडौं, २० असाेज ।
- नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् ।
- शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउँदै अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए ।
काठमाडौं, २० असाेज । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् ।शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउँदै अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए ।
अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिए । आइतबार बस्ने सचिवालय बैठकले पार्टी एकता टुंग्याउने सम्बन्धमा आवश्यक निर्णय लिने प्रचण्डको भनाइ छ ।
पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेको भन्दै सचेत रहन पनि प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया