चेक बाउन्सको मुद्दामा काग्रेस नेता पक्राउ
सारांश
- काठमाडौ ३ भदौ ।
- चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।
- महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं २ (ख) का प्रदेश सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
काठमाडौ ३ भदौ । चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं २ (ख) का प्रदेश सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो ।
भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्का गोठाटारबाट पक्राउ परेका हुन् ।
सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाकधम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परेपछि बिहीबार साँझ उनलाई पक्राउ गरिएको हो । खड्कामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया