नेपालमा भ्रष्टाचार चिन्ताजनक, ३१ अंक प्राप्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
४६ पटक हेरिएको
Shares
नेपालमा भ्रष्टाचार चिन्ताजनक, ३१ अंक प्राप्त

सारांश

  • काठमाडौं, ११ फागुन- ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले बिहीबार विश्वभरको भ्रष्टाचार प्रतिवेदन (करप्सन परसेप्सन इन्डेक्स, २०१७) सार्वजनिक गरेको छ।
  • भ्रष्टाचार सूचकांकले नेपालको अवस्था चिन्ताजनक देखाएको छ।
  • सय पूर्णांकमा ३१ नम्बर मात्र पाएको नेपाल सार्क राष्ट्रमध्ये सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ।

काठमाडौं, ११ फागुन- ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले बिहीबार विश्वभरको भ्रष्टाचार प्रतिवेदन (करप्सन परसेप्सन इन्डेक्स, २०१७) सार्वजनिक गरेको छ। भ्रष्टाचार सूचकांकले नेपालको अवस्था चिन्ताजनक देखाएको छ।

सय पूर्णांकमा ३१ नम्बर मात्र पाएको नेपाल सार्क राष्ट्रमध्ये सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ। गत वर्षभन्दा भ्रष्टाचारमा केही सुधार गरेको नेपालले यसअघि २०१३ मा पनि ३१ अंक नै प्राप्त गरेको थियो। ‘गत वर्षको तुलनामा यस वर्ष केही सुधार भएको देखिएकाले यसलाई सकारात्मक भन्न सकिन्छ। त्यसो भए पनि भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले पाएको स्कोरले भ्रष्टाचार चिन्ताजनक रहेको जनाएको छ’, प्रतिवेदन सार्वजनिक क्रममा ट्रान्सपरेन्सी नेपालका अध्यक्ष श्रीहरी अर्यालले भने।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटान ६७ अंकसहित २६ औं स्थानमा रहेर अरुभन्दा थोरै भ्रष्टाचार हुनेमा अघि देखिएको छ। भारत ४० अंकसहित ८१ औं, श्रीलंका ३८ अंकसहित ९१ औं, माल्दिभ्स ३३ अंकसहित ११२ औं, ३२ अंक पाएको पाकिस्तान ११७ औं, नेपाल ३१ अंकसहित १२२ औं, बंगलादेश २८ अंकसहित १४३ औं र अफगानिस्तान १५ अंकसहित १७७ औं स्थानमा छन्। ४१ अंक पाएको छिमेकी चीन ७७ औं स्थानमा छ। सयमा ८९ अंक पाएको न्युजिल्यान्ड विश्वभर सबैभन्दा न्यून भ्रष्टाचार हुने देश भएको छ भने सोमालिया जम्मा ९ अंकसहित विश्वकै सर्वाधिक भ्रष्टाचार हुने देश भएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनले १ सय ८० देशको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणा मापन गरेको छ। सूचकांकअनुसार सय पूर्णांकले अति स्वच्छ र जिरो अंकले अति भ्रष्टाचार रहेको जनाउँछ। विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूे गरेका विभिन्न सर्वेक्षणको आधारमा टीआईले सूची तयार गर्छ। टीआईले यो सूची सन् १९९५ देखि बर्सेनि सार्वजनिक गर्दै आएको छ। नेपाल भने २००४ देखि मात्र सूचीमा समावेश भएको हो।

भ्रष्टाचार प्रतिवेदनले भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै देशमा सुस्त गतिमा चलिरहेको उल्लेख गरेको छ। पत्रकार र नागरिक संस्थाको सुरक्षा प्रत्याभूति नभएका देशमा धेरै भ्रष्टाचार हुने देखिएको छ। सन् २०१२ देखि हालसम्म मारिएकामध्ये अधिकांश पत्रकार धेरै भ्रष्टाचार हुने देशका रहेको पाइएको छ।

बेइज्जति, हैरानी, मुद्दामामिला र प्रशासनिक ढिलासुस्ती गरेर केही देशका सरकारले भ्रष्टाचारविरोधी निस्तेज पार्न खोजेको प्रतिवेदनले औंल्याएको छ। ट्रान्सपरेन्सीले सञ्चार जगत् र नागरिक समाजका अवरोध हटाउन थप पहल गर्नुपर्ने जनाएको छ। विगत एक वर्षभित्र वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीइएमसमेत गरी ६ संस्थाद्वारा सर्वेक्षण गरिएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इस्लामावादमा शान्ति पदयात्रा
इस्लामावादमा शान्ति पदयात्रा
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
विद्यार्थीको भविष्यमाथि मेडिकल कलेजको खेलवाड : सरकारले चाल्यो यस्तो कदम
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
म हुँदासम्म गोरखकाली रबर उद्योग निजीकरण हुन दिन्न : भट्टराई
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
दशकौँदेखि भारत र पाकिस्तानका सेना कश्मीर सीमामा आमुन्नेसामुन्ने
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
यसकारण मधेशमा पसेन वामगठबन्धनको ‘हुरी’ !
यसकारण मधेशमा पसेन वामगठबन्धनको ‘हुरी’ !