अनुसन्धान गर्ने प्रहरीलाई नै निलम्बनको माग
सारांश
- उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन्।
- ‘प्रहरीले अनुसन्धानमा त्रुटि गरेको र प्रमाण नष्ट गरेर घटना ढाकछोप गर्न र दोषी बचाउन भूमिका खेलेको प्रमाणित भइसकेपछि पनि अनुसन्धानमा खटिएका सबै प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ’, स्थानीय महिला अधिकारकर्मी विमला बिष्ट भन्छिन्, ‘उनीहरू बाहिर रहेमा प्रमाण नष्ट गर्न सक्छन्।
- ’ उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मला हत्याको घटना अनुसन्धानमा सुरुमा प्रहरीबाट त्रुटि भएको पाइएको बताएका छन्।
उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन्। ‘प्रहरीले अनुसन्धानमा त्रुटि गरेको र प्रमाण नष्ट गरेर घटना ढाकछोप गर्न र दोषी बचाउन भूमिका खेलेको प्रमाणित भइसकेपछि पनि अनुसन्धानमा खटिएका सबै प्रहरीलाई निलम्बन गरेर अनुसन्धान गर्नुपर्छ’, स्थानीय महिला अधिकारकर्मी विमला बिष्ट भन्छिन्, ‘उनीहरू बाहिर रहेमा प्रमाण नष्ट गर्न सक्छन्।’
उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मला हत्याको घटना अनुसन्धानमा सुरुमा प्रहरीबाट त्रुटि भएको पाइएको बताएका छन्। यसैगरी भदौ ७ र भदौ ८ गते गोली चलाउनुपर्ने अवस्था नभएको उनको भनाइ छ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया