विश्वकप फुटबल २०१८: प्रतिबन्धबाट बचेका तीन खेलाडी
सारांश
- गोल सेलिब्रेसनका क्रममा विवादास्पद ‘डबल इगल सेलिब्रेसन’ गरेका स्विट्जरल्याण्ड्सका ग्रान्ट जाका, जोर्डन साकिरी र स्टिफिन लिचस्टिनर फिफाबाट प्रतिबन्ध लाग्नबाट जोगिएका छन्।
- सर्बियाविरुद्धको गोलपछि अल्बानियाको राष्ट्रिय झन्डाको प्रतिकात्मक हुनेगरि सेलिब्रेसन गर्दै उनीहरुले खेल भावना विपरित व्यवहार गरेको भन्दै फिफाले अनुसन्धान पछि उनीहरुलार्इ जरिवाना गरेको छ।
- फिफाले जाका र साकिरीलार्इ १०/१० हजार जरिवाना तथा लिचस्टिनरलार्इ ५ हजार स्विस फ्रांन्क जरिवाना तिराउने निर्णय गरेको हो।
गोल सेलिब्रेसनका क्रममा विवादास्पद ‘डबल इगल सेलिब्रेसन’ गरेका स्विट्जरल्याण्ड्सका ग्रान्ट जाका, जोर्डन साकिरी र स्टिफिन लिचस्टिनर फिफाबाट प्रतिबन्ध लाग्नबाट जोगिएका छन्।
सर्बियाविरुद्धको गोलपछि अल्बानियाको राष्ट्रिय झन्डाको प्रतिकात्मक हुनेगरि सेलिब्रेसन गर्दै उनीहरुले खेल भावना विपरित व्यवहार गरेको भन्दै फिफाले अनुसन्धान पछि उनीहरुलार्इ जरिवाना गरेको छ।
फिफाले जाका र साकिरीलार्इ १०/१० हजार जरिवाना तथा लिचस्टिनरलार्इ ५ हजार स्विस फ्रांन्क जरिवाना तिराउने निर्णय गरेको हो। उनीहरुले उत्तेजित पार्ने सेलिब्रेसन गरेको भन्दै सर्बियनहरुले उनीहरुलार्इ प्रतिबन्धको माग गरेका थिए।
जाका र साकिरीको परिवार अल्बानियाबाट स्विट्जरल्याण्ड आएको थियो। अल्बानियामा उनीहरुको पुर्खा रहेको अल्बानियाको क्षेत्रमा नेटो सैनिकको साहारामा सर्बियाले १९९९ मा आक्रामण गरेको थियो।
आफ्ना पुर्खौली थलोमा आक्रामण गर्ने सर्बियामाथि जित हात पारेपछि उनीहरुले अल्बानिया झन्डाको संकेत गर्दै डबल इगल सेलिब्रेसन गरेका थिए।
प्रतिक्रिया