५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?

सारांश

  • महाभारतकालिन पात्र अश्वत्थामा द्रोणाचार्यका पुत्र हुन् ।
  • कुशल धर्नुधर तथा पराक्रमी अश्वत्थामा हिन्दु धर्ममा उल्लेख भएका अष्ट चिरञ्जिवी मध्ये एक हुन् ।
  • महाभारत युद्ध सकिए पछि निदाइरहेका पाँच पाण्डब पुत्रको बध गरेको र अभिमन्यू पत्नी उत्तराको गर्भमा रहेको बच्चालाई मार्नका लागि ब्रह्मास्त्र चलाएका कारण उनलाई हिन्दु धर्ममा नकरात्मक पात्रको रुपमा लिइन्छ ।

महाभारतकालिन पात्र अश्वत्थामा द्रोणाचार्यका पुत्र हुन् । कुशल धर्नुधर तथा पराक्रमी अश्वत्थामा हिन्दु धर्ममा उल्लेख भएका अष्ट चिरञ्जिवी मध्ये एक हुन् । महाभारत युद्ध सकिए पछि निदाइरहेका पाँच पाण्डब पुत्रको बध गरेको र अभिमन्यू पत्नी उत्तराको गर्भमा रहेको बच्चालाई मार्नका लागि ब्रह्मास्त्र चलाएका कारण उनलाई हिन्दु धर्ममा नकरात्मक पात्रको रुपमा लिइन्छ । उनले गरेका यी दुई अपराधबाट क्रोधित बनेका श्रीकृष्णको श्रापका कारण अश्वत्थामा चिरञ्जिवी हुने वरदान पाए पनि कष्टकर जीवन विताइरेका चिरञ्जिवी हुन् । श्रीकृष्णले श्राप दिदै अश्वत्थामाको टाउकोमा रहेको मणि निकाली दिए पछि तेजहिन बनेका उनी कहिले नमर्ने बरदान भए पनि उनले सधै रोगी जीवन बिताउनु पर्यो ।

श्रीकृष्णको श्रापका कारण उनको निधारमा सधैँ घाउ रहिरह्यो र, त्यो घाउबाट दुर्गन्धित रगत पनि बगिरह्यो । दुर्गन्धित शरिरका कारण मानिसहरुले अश्वत्थामालाई उपेक्षा गर्न थाले । कोही पनि उनको नजिक पर्न चाहेनन् । यसैकारण अश्वत्थामा दिक्क लाग्दो जीवनयापन गर्दै अहिले पनि भड्कीदै हिडिरहेको विश्वास हिन्दु धर्ममा गरिन्छ । उनी भड्किरहेको अवस्थामा अहिले पनि भारतको मध्यप्रदेशको बुराहनपुर गाउँमा अज्ञान जीवन बिताइरहेको बताइन्छ । यसरी अज्ञान जीवन बिताइरहेका अश्वत्थमालाई कहिले काँही मानिसले भेट्ने गरेको दावी पनि गर्दै आएका छन् । त्यही गाउँ नजिकै असिरगढ किल्लामा भगवान शिवको मन्दिर रहेको छ । त्यो मन्दिरमा हरेक रात ढोेका लगाइन्छ अनि विहानै खोलिन्छ । तर बिहानै मन्दिरको ढोका खोल्दा शिवलिंगमा ताजा फूल चढाइरहेको भेटिन्छ । भनिन्छ, मन्दिर भित्र एउटा गुप्त बाटो रहेको छ र, त्यो बाटो हुँदै अश्वत्थामा आउँछन्, शिवको पूजाआजा गर्छन र फूल चढाएर जान्छन् ।

त्यहीका एक जना वैधको अनुभव पनि त्यहाँ निकै प्रचलित रहेको छ । एक पटक ती वैधकोमा एक जना विरामी आए, जसको निधारमा घाउ थियो र दुर्गन्धित रगत बगिरहेको थियो । घाउ देखेर वैधले औषधी बनाउँदै ‘तिमी अश्वत्थामा त होइनौ ?’ भनेर प्रश्न गरे । र, औषधी लगाइदिन बिरामीतर्फ फर्कने बित्तिकै ती व्यक्ति अदृश्य बनिसकेका थिए । त्यसरी अदृश्य बन्ने व्यक्ति अश्वत्थामा भएको दावी गरिदै आएको छ । त्यस्तै एकपटक एक जना रेल्वे सेवाका कर्मचारी गुजरातको जंगल हुँदै गइरहेका थिए । त्यहाँ उनले १२ फिट अग्लो मानिस देखे । उनलाई अहिले लाग्छ त्यसरी देखिएका मानिस अश्वत्थामा थिए । मध्यप्रदेशको त्यस क्षेत्रमा अश्वत्थामालाई समय समयमा भेटेको भन्ने मानिसहरु धेरै छन् । तर जस–जसले अश्वत्थामालाई देखेको कुरा गरेका छन्, ती सबै बिरामी बनेका छन्् । त्यस्तै अश्वत्थामा भेटेको भन्ने कुरालाई कतिपयले भने कहानी मात्रै भएको भन्दै अविस्वास पनि गर्ने गरेका छन्् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?