पूर्वेली भाकामा अभिनेत्री केकी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ३०, २०७३
|
|
७४३ पटक हेरिएको
Shares
पूर्वेली भाकामा  अभिनेत्री केकी

सारांश

  • काठमाडौं।
  • पूर्व मोरंगका गायक मिलन श्रेष्ठको पप तथा आधुनिक शैलीका गीत गाएर स्रँेतामाझ स्थापित भएका छन् ।
  • यतिबेला उनले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।

काठमाडौं। पूर्व मोरंगका गायक मिलन श्रेष्ठको पप तथा आधुनिक शैलीका गीत गाएर स्रँेतामाझ स्थापित भएका छन् । यतिबेला उनले पूर्वेली भाकाको गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । ‘मायाको चिनो…’ को म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ । यूट्युवमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा गायक श्रेष्ठ तथा अभिनेत्री केकी अधिकारीले अभिनय गरेका छन् ।

पूर्वेली भाकामा आधारित यो गीतलाई अहिलेको लोकप्रिय संगीतकार राजनराज शिवाकोटीले संगीतबद्ध गरेका छन् । गीतमा संगीतकार शिवाकोटीकै शब्द सुन्न सकिन्छ । सहस शाक्य यो गीतका संगीत संयोजक हुन् । यो गीत गायक श्रेष्ठको पछिल्लो एल्बम ‘मिलन गीता–२’ मा समावेश गरिएको छ । विशाल भण्डारीद्वारा निर्देशित यो भिडियोमा अभिनेत्री केकी अधिकारीले गाउ“ले सुन्दर युवतीको रुपमा प्रस्तुत भएकी छिन् । हरि हुमागाई“द्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?