अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
सारांश
- सिड्नी।
- अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत ले तीन खेल को टि–ट्वान्टी सिरिज १-१ को बराबरी मा टुंग्याएको छ।
- अन्तिम तथा तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।
सिड्नी।अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत ले तीन खेल को टि–ट्वान्टी सिरिज १-१ को बराबरी मा टुंग्याएको छ।अन्तिम तथा तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।
सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको घरेलु टिम अष्ट्रेलियाले ६ विकेटको क्षतिमा १ सय ६४ रन जोड्न सफल रहयो।अष्ट्रेलियाले दिएको १६५ रनको चुनौती भारतले ४ विकेटको क्षतिमा निर्धारित ओभर सकिन २ बल बाँकी छदा लक्ष्य भेट्टायो ।
भारतका लागि कप्तान विराट कोहलीले अविजित ६१ रन बनाए । उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।शिखर धवनले २२ बलमा ६ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए।रोहित शर्मा ले २३, दिनेश कार्तिकले अविजित २२ रनको योगदान दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया